अर्जेन्टिनालाई ७-१ ले पराजित गर्दै ब्राजिल 'फिफा वीच सकर बिश्वकप'को लागि छनौट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 13, 2017 | 03:23:43 AM मा प्रकाशित

laxmi  sunrise bank

ब्राजिल  'फिफा वीच सकर बिश्वकप'को लागि छनौट भएको छ  । शनिबार भएको छनौट खेलमा  अर्जेन्टिनालाई ७-१ को भारी गोल अन्तरले पराजित गर्दै ब्राजिलले बिश्वकपको यात्रा तय गरेको हो  । ईक्वेडरलाई पराजित गर्दै प्यारग्वेले पनि बिश्वकपमा स्थान सुरक्षित गरेको छ  ।

बाहमासमा हुने यस बिश्वकपमा दक्षिण अमेरिकाबाट ३ देशले सहभागिता जनाउन पाउछन । अब अर्जेन्टिना ईक्वेडरबिचको खेलको बिजेताले पनि प्रतियोगितामा भाग लिन पाउने छ   । 

 'फिफा वीच सकर बिश्वकप'मा १६ देशले सहभागिता जनाउने छन्  ।  जसमा एसिया,   दक्षिण एसियाबाट समान ३ -३ देशले सहभागिता जनाउने छन् भने युरोपबाट ४  देशले सहभागिता जनाउने छन्  । एसियाली देशहरुको छनौट भने आगामी मार्च ४ देखि मलेशियामा हुने छ  । 

त्यस्तै अफ्रीकाबाट २, ओसियानाबाट १ र उत्तर अमेरिकाबाट आयोजक बाहामास सहित ३ देशले सहभागिता जनाउने छन्  । 

प्रतियोगिता २७ अप्रिल २०१७ देखि ७ मे २०१७ सम्म चल्ने छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved