च्याम्पियन्स लिगमा बार्सिलोनाको लज्जास्पद हार, क्वाटरफाइनल नै नपुग्ने सम्भावना 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 15, 2017 | 10:57:07 PM मा प्रकाशित

laxmi  sunrise bank

च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोनाले लज्जास्पद हार बेहोरेको छ ।  मंगलबार राति भएको  प्रि–क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)संग ४–० को पराजय बेहोरेको हो ।

 पिएसजीलाई जिताउन एन्जल डि मारियाले दुई तथा जुलियन ड्रेक्सलर र एडिसन काभानीले एक एक गोल गरे ।  बार्सिलोनालाई दबाबमा राखेको पिएसजीलाई जिताउन १८ औं मिनेटमा डि मारिया,  ४० औं मिनेटमा ड्रेक्सलर, ५५ औं मिनेटमा पुन:  डि मारिया र  ७१ औं मिनेटमा काभानीले गोल गरे  ।


दोस्रो लेगमा बार्सिलोनाले पिएसजीलाई ५-० वा सो भन्दा उत्कृष्ट नतिजाले हराए मात्र बार्सिलोना क्वाटरफाइनल पुग्न सक्नेछ । त्यसो नगरेमा सन् २००७ पछि पहिलो पटक बार्सिलोना क्वाटरफाइनल नपुगी बाहिरिने छ । 

 राति नै भएको अर्को खेलमा बेन्फिकाले बोरुसिया डर्टमुण्डलाई १–० ले हराएको छ ।  घरेलु मैदानमा भएको प्रिक्वाटरफाइनलको पहिलो लेगमा बेन्फिकालाई जिताउन ४८ औं मिनेटमा कोस्टस मिट्रोग्लोउले गरेको गोल नै निर्णायक बन्यो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved