आइपीएल लिलामी: भारतीय खेलाडीमा निराशा, बिके स्टोक्स महंगोमा बेचिदा अफगानी खेलाडी फाइदामा  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 22, 2017 | 05:35:46 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्डियन प्रिमियर लिग (आइपीएल) को १० औ संस्करणका लागि लिलाम बढाबढमा खेलाडीको किनबेच सुरु भएको छ। यस बर्षको आइपीएलका लागि इङ्ल्यान्डका बेन स्टोक्स सबै भन्दा महंगा साबित भएका छन। 

इङ्ल्यान्डका बेन स्टोक्सले लिलाम बढाबढ गरिएका १० खेलाडीलाई पछी पारेका छन। भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीको राइजिङ पूणे सुपरजाइन्ट्सले १४ करोड ५० लाख भारतीय रुपैयाँमा स्टोक्सलाई किनेको छ। यस संगै उनि सबै भन्दा महंगा साबित भएका छन। 

आइपीएलका लागि अहिले खेलाडीहरुको लिलाम बढाबढ भईरहेको छ। ३५० भन्दा बढी खेलाडीहरु लिलामीमा राखिएका छन। जसमा ६२ ब्याट्सम्यान, ११७ बलर, १४८ अन्य खेलाडी र ३० जना विकेट किपर रहेका छन। यो दश बर्षको चक्रको अन्तिम लिलामी हो। 

भारतीय खेलाडीमा निराशा 
लिलाम बढाबढको मूल्यले अहिलेसम्म भारतीय खेलाडीहरुलाई निराश बनाएको छ। दुईवटा अचम्म बनाउने घटना यस लिलामीमा देखिएको छ। अलराउण्डर इरफान पठान र बलर इशान्त शर्मालाई किन्न कोहि इच्छुक छैनन। यि दुवै भारतीय खेलाडी बाहेक उन्मुक्त चन्द, पृथिवी शां , आधित्य तरे, आरपी सिंह, र सौरभ तिवारी समेत बिक्रि भएका छैनन्। 

स्टोक्सको जोडदार स्ट्रोक 
पहिलो पटक आइपीएलमा सामेल भएका इंग्ल्याण्डका अलराउण्डर बेन स्टोक्सलाई १४ करोड ५० लाख भारुको महँगो प्रस्ताब मिल्यो। यो उनको आधार मूल्य भन्दा ७ गुणा बढी हो। स्टोक्सलाई पुनेको टिमले किनेको हो। स्टोक्स ती ७ खेलाडीमा सामेल थिए जसको आधार मूल्य १० करोड तोकिएको थियो। 

मिल्सलाई १२ करोड 
इंग्ल्याण्डका तेज बलर टाइमल मिल्सलाई १२ करोड भारुमा आरसीबीले खरिद गरेको छ। यसको साथै ट्रेन्ट बोल्टलाई केकेआरले ५ करोड भारुमा र कगीसो रबाडालाई डियर डेभिल्सले ५ करोडमा किनेको छ। 

इंगलिस क्रिकेटर इयान मोर्गनलाई उनको आधार मूल्य ३ करोडमा नै किंग्स इलाभेन पन्जाब टिमले किनेको छ। श्रीलंकाको एन्जेलो म्याथ्युलाई दिल्ली डेयरडेविल्सले २ करोड र कोरी एनडरसनलाई १ करोड भारुमा आफ्नो टिममा सामेल गरेको छ। यस भन्दा पहिले न्युजिल्यान्डको मार्टिन गुप्टिलबाट लिलाम सुरु भएपनि उनको खरिददार कोहि मिलेन। यसका साथै अन्य उत्कृष्ट खेलाडी मध्य न्युजिल्यान्डका रांस टेलरले समेत कुनै खरिदकर्ता पाएनन। 

नबि बने पहिला अफगानी आइपीएल खेलाडी 
अफगानिस्तानका मोहम्मद नबिलाई सनराइजर्सले ३० लाख भारुमा खरिद गरेको छ। यसको साथसाथै उनी आइपिएलमा सामेल हुने पहिलो अफगानिस्तानका खेलाडी बनेका छन। त्यस्तै अफगानिस्तानका १८ बर्षीय लेग स्पिनर रशिद खानलाई हैदरबादले ४ करोड भारु मा खरिद गरेको छ। 

पन्जाबको साथमा सबै भन्दा बढी पैसा 
दिल्ली डेयरडेविल्सको टिम २३ करोड १० लाख भारुको बजेटमा खेलाडी खरिद प्रतिस्पर्धामा उत्रिएको छ भने कोलकाता नाइट राइडर्स १९ करोड ७५ लाख भारु, किंग्स इलाभेन २३ करोड ३५ लाख भारु, सनराइजर्स हैदाराबाद २० करोड ९० लाख भारु, रोयल च्यालेंजर्स बैंगलोर १७ करोड ८० लाख भारु, राइन्जिग पुने १७ करोड ५० लाख भारु, गुजरात लायन्स १४ करोड ३५ लाख भारु, मुम्बई इन्डियनसको टिम ११ करोड ५० लाख भारु बजेट रहेको छ। 
  
बिशेष कुरा
२७ भन्दा बढी खेलाडी एक फ्रेन्चाइज टिममा सामेल हुन सक्दैनन। 
२ करोड सबै भन्दा बढी आधार मूल्य यस लिलामीमा रहेको छ। 
३५७ खेलाडी लिलामीको लिस्टमा छन्। 
७६ खेलाडीलाई नै ८ फ्रेंचैज टिमले खरिद गर्न सक्छ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved