आइसीसीको प्रस्ताब 'लिक': भारत सहित १० राष्ट्रलाई झड्का, नेपाल लगायतका एसोसियटलाई फाइदा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 24, 2017 | 12:57:11 AM मा प्रकाशित

laxmi  sunrise bank

बिश्व क्रिकेटको नियमन निकाय हो आईसीसी । आईसीसीले आफ्ना सदस्य राष्ट्रलाई ३ प्रकारको सदस्यता वितरण गर्छ । पहिलो फुल मेम्बर, दोस्रो एसोसियट मेम्बर त तेस्रो एफिलियट मेम्बर। हाल फुल मेम्बरमा १० देश, एसोसियट मेम्बरमा ३९ देश र एफिलियट मेम्बरमा ५६ देश छन् ।

तर हालै आइसीसीले नयाँ प्रस्ताव गरेको छ  । जस अनुसार फुल मेम्बर घटुवा भएर एसोसियट बन्न सक्छन र एसोसियटहरु बढुवा भएर फुल मेम्बर बन्न सक्छन  । ईएसपिएन क्रिकइन्फोका अनुसार आईसीसीले आफ्ना सबै फुल मेम्बरहरुलाई यो प्रस्ताव सहितको गोप्य पत्र पठाएको छ  । नयाँ प्रस्ताव अनुसार एफिलियट सदस्यता खारेज गरिने छ भने एसोसियट सदस्यहरुले थप कडा सदस्यता मापदण्डको पालना गर्नु पर्ने छ ।

 एसोसियट सदस्यको सदस्यता हरेक २ बर्षमा मुल्यांकन गरिने छ । मुल्यांकन गर्दा एसोसियटले सबै मापदण्ड पुरा गरेको अवस्थामा फुल मेम्बरमा बढुवा हुने छन् । नयाँ प्रस्ताव अनुसार हालको आईसीसी एक्जीक्विटिभ कमिटी खारेज गरिने छ भने त्यसको स्थानमा प्रभावशाली सदस्यता निर्धारण कमिटी गठन गरिने छ । यहि मेम्बरसिप कमिटीले घटुवा वा बढुवा हुने तय गर्ने छ ।  यस कमिटीमा फुल मेम्बरका साथ साथ एसोसियट देशका प्रतिनिधि पनि रहने छन् । 

फुल मेम्बरको मुल्यांकन हरेक ५ बर्षमा हुने छ बहने एसोसियटको हरेक २ बर्षमा हुने छ । पत्रमा के को आधारणमा मुल्यांकन भएर घटुवा/बढुवा हुने नखुलाईको भए पनि 'नयाँ विस्तृत मापदण्ड' तयार पारिएको भनिएको छ। ति मध्ये आर्थिक पारदर्शिता एक प्रमुख मापदण्ड हुने अनुमान गरिएको छ । हरेक सदस्य राष्ट्रले आफ्नो बजेट कहाँ र कसरी खर्च गरिएको छ, त्यसको बिवरण आईसीसीलाई दिनु पर्ने छ र आईसीसीले आवश्यक परे  अडिट रिपोर्ट माग गर्ने सक्ने र अनियमितता भएको पाईएमा सम्पूर्ण बजेट रोक्न सक्ने बताईएको छ । 

त्यस्तै नयाँ प्रस्ताव अनुसार आईसीसी एक्जीक्वीटिभ बोर्डलाई बिस्तार गरी १५ निर्देशक रहने ब्यबस्था गरिने छ । जसमा फुल मेम्बरका १० अध्यक्ष , ३ एसोसियट देशका अध्यक्ष, आईसीसीका एक अध्यक्ष र एक महिला स्वतन्त्र अध्यक्ष रहने छन् । यस अघि एसोसियटका अध्यक्षलाई भोट गर्ने अधिकार नभए पनि अब भने सबैलाई भोटिंग अधिकार हुने छ । कुनै निर्णय पारित हुन् अब दुई तिहाइ बहुमत चाहिन्छ , यस अघि साधारण बहुमत भए पुग्थियो । त्यस्तै अब मतदानको लागि आवश्यक परे गोप्य मतदान प्रयोग गर्ने सकिने छ । यस अघि सबैले कसले के मा भोट गरेको थाहा हुन्थियो । 

आईसीसीको कमाई बाँडफांडको लागि गरिएको नयाँ प्रस्ताव संगै यी प्रस्तावमा पनि आगामी अप्रिल र जुनमा निर्णय लिईने छ । त्यस्तै नयाँ प्रस्तावमा लिग फर्म्याटमा टेस्ट क्रिकेट, एक दिबशीय र लिग र टि २० च्याम्पियन्ससिप लगायतका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved