'संसोधन प्रस्तावको बिपक्षीमा मतदान गरे मधेशमा एमाले पूर्ण रुपमा समाप्त हुन्छ'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 24, 2017 | 01:35:08 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख दल नेपाली काँग्रेसका केन्द्रिय सदस्य फर्मुल्लाह मन्सुरले संशोधन प्रस्ताव पारित गर्नबाट अब कसैले पनि रोक्न नसक्ने स्पष्ट पारेका छन्।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता मन्सुरले प्रमुख प्रतिपक्षी दलले यो प्रस्तावको विपक्षमा मतदान गरे मधेशमा एमाले पार्टी पूर्ण रुपमा समाप्त हुने चेतावनी दिँदै भने,‘पहिला एमाले यो प्रस्ताव सदनमा टेबुल गराउन दिन्न भनेकै हो, तर टेबुल भयो, त्यसपछि एमालेले यो प्रस्ताव छलफल गर्न दिन्न भनेकै हो, तर आजबाट छलफल गर्न दिने भनेको छ, अब यो प्रस्तावको पक्षमा एमालेले मत हाल्छ।’

उनले हिजोसम्म राष्ट्रघाती प्रस्ताव भन्ने एमालेले आजबाट छलफल गर्न दिन्छु भन्नुले नै उक्त प्रस्ताव पारित हुने आधार भएको स्पष्ट पारे। उनले थपे,‘एमालेको बुद्धि पलाएको छ, उसले पनि संशोधनको पक्षमा मतदान गर्छ।’

उनले एमालेले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान नगरे मधेशको भुमिमा पाईला टेक्ने ठाउँ समेत नपाउने चेतावनी दिए। उनले भने,‘एमालेले बाध्य भएर प्रस्तावको पक्षमा मतदान गर्छ।’ उनले मधेशी जनताको राष्ट्रियतामाथि प्रश्न चिन्ह खडा कसैले पनि गर्न नहुने बताए।

उनले दुई तिहाईले संशोधन प्रस्ताव पारित हुने जिकिर गरे। मन्सुरले थपे,‘नेपाली काँग्रेसले पहल गरिरहेको छ, मधेशी जनतालाई मुलधारमा ल्याउनको लागि यो प्रस्ताव ल्याईएको हो।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved