नेपाल र केन्याबिचको खेलको टिकट विक्रीको जिम्मा इसेवालाई,अनलाइन मार्फत यसरि किन्नुहोस्

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 02, 2017 | 06:29:08 AM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय क्रिकेट परिषद विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत नेपाल र केन्याबीचको खेलकोे टिकट विक्री तथा व्यवस्थापनको जिम्मा इसेवाले पाएको छ।

कीर्तिपुर स्थित टी.यु क्रिकेट मैदानमा यहि फागुन २८ गते  र ३० गते हुने खेलको टिकेट बिक्रि तथा व्यवस्थापनका लागि आइसीसीले इसेवालाई नियुक्त गरेको हो।

आइसीसीले प्रति खेलको टिकेट मूल्य २ सय रुपैयाँ कायम गरेको छ। बिगतमा जस्तै यस पटक पनि सम्पूर्ण टिकट अनलाइनबाटै खरिद गर्न सकिने व्यवस्था इसेवाले मिलाएको छ।

टिकट खरिद 


क्रिकेट डट इसेवा डट कम डट एनपीमा लग अन गरि टिकेट खरिद गर्न सकिने छ। सुरक्षाको दृष्टिकोण र टिकट दुरुपयोग नहोस् भन्नका लागि हरेक टिकटमा दर्शकको नाम र सम्पर्क नम्बर अनिवार्य गरिएको छ । मैदानमा प्रवेशका लागि टिकटमा लेखिएको नाम प्रमाणित गर्ने परिचयपत्र अनिवार्य लिएर आउनुपर्नेछ ।     

दर्शकले अनलाइनमार्फत स्वयं आफै वा आफुलाई पायक पर्ने नजिकैको साईबर, स्टेसनरी, कम्युनिकेशन तथा इसेवा अंकित इसेवा जोन, इसेवा पोइन्ट मा गई अनलाइन टिकट खरिद गर्न सकिने इसेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले बताए । 

उपत्यकामा मात्र इसेवाका करिब ५ हजार जोन, पोइन्ट रहेका छन् भने नेपालभर २० हजार जोन पोइन्ट रहेका छन् । गतवर्ष नेपाल र नामिबियाबीच भएको खेलको सम्पूर्ण टिकट इसेवामार्फत नै अनलाइन बिक्री गरिएको थियो । उक्त खेलको सम्पूर्ण टिकट खेल हुने दिनभन्दा एकदिन अगावै बिक्री भइसकेको थियो । 

सन् २०१९ को विश्वकप छनोट खेल खेल्नका लागि नेपाल टप फोरमा पुग्नैपर्ने हुन्छ । हालको अंक तालिकामा नेपाल ६ अंक सहित छैठौ स्थानमा रहेको छ भने ८ अंकसहित केन्या पाँचौ स्थानमा रहेको छ ।        

  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved