निराजन खड्का नायक बनेपछि संकटा क्लबलाई तिलोत्तमा गोल्डकपको उपाधि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 05, 2017 | 07:40:52 AM मा प्रकाशित

laxmi  sunrise bank

संकट क्लबले १९ औं तिलोत्तमा गोल्डकपको उपाधि जितेको छ। बुटवलको एन्फा एकेडेमीमा आज शनिबार सम्पन्न भएको १९ औं तिलोत्तमा गोल्डकपको फाइनलमा त्रिभुवन आर्मीलाई २-१ ले पराजित गर्दै संकटाले उपाधिमाथि कब्जा जमाएको हो। 

त्रिभुवन आर्मीका राजिब गुरुङले खेलको ३० औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएपनि जित दिलाउन सकेनन। खेलको ४५ औ मिनेटमा निराजन खड्काले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्याए। त्यस्तै खेल सकिन ५ मिनेट अगाबै खड्काले दोस्रो गोल गरे। खड्काको गोल नै निर्णायक बनेपछि संकटाले यस सिजनको तिलोत्तमा गोल्डकपको उपाधि हात पारेको हो।

तिलोत्तमाको उपाधिसँगै संकटाले यो सिजनमा ३ गोल्डकप जितेको छ। उपाधिसंगै संकटाले नगद ५ लाख ५५ हजार ५ सय ५५ सहित गोल्डकप मेडल र प्रमाण पत्र हात पारेको छ। 

त्यस्तै दोस्रो स्थानमा चित्त बुझाएको त्रिभुवन आर्मीले नगद ३ लाख ३३ हजार ३ सय ३३ रूपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ। विजेता तथा उपविजेतालाई युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ, जिल्ला फुटबल संघका अध्यक्ष दिर्घ बहादुर के.सी (कुमार) ले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved