केन्या बिरुद्दको खेलको लागि अन्तिम १४ खेलाडीको घोषणा, 'सेन्चुरीयन' आशिफ बाहिरिए

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 05, 2017 | 10:31:29 PM मा प्रकाशित

laxmi  sunrise bank

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्याविरूद्धको खेलको लागि अन्तिम १४  जना खेलाडीको सुची सार्बजनिक भएको छ  । यस अघि सुपर लिगबाट छानिएका २४ खेलाडीको सुचीबाट अन्तिम १९ खेलाडी छानिएकोमा भारत भ्रमणपछि अन्तिम १४ खेलाडीको सुची सार्बजनिक गरिएको हो  । 

आइसिसिको प्रतिनिधि भेनकटपपति राजु, कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटा सम्मिलित छनौट समितिले अन्तिम १४  खेलाडी छनौट गरेको हो । केन्या बिरुद्दको खेल आगामी फागुन २८ र ३० गते कीर्तिपुरमा हुनेछ । 

हेर्नुस को को परे? ​ 

  • पारस खड्का, कप्तान
  • ज्ञानेन्द्र मल्ल, उपकप्तान
  • आरिफ शेख,
  • मेहबुब आलम
  • करण केसी
  • सागर पुन
  • सरद भेषवाकर,
  • शक्ति गौचन,
  • सोमपाल कामी
  • सुनिल धमला
  • दीपेन्द्र सिंह ऐरी
  • बसन्त रेग्मी
  • बिनोद भण्डारी
  • सन्दिप लामिछाने

बैकल्पिक खेलाडी 

  • दिलिप नाथ
  • राजेश पुलामी मगर
  • अभिनास कर्ण
  • भुवन कार्की

 टोलीमा सुनिल धमला र दिपेन्द्र सिंह ऐरी नयाँ अनुहार छन् । यस्तै अलराउण्डर मेहबुब अलमले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । भारत भ्रमणमा रहेका आशिफ शेख नेपाली क्रिकेट टोलीबाट बाहिरिएका छन् । ५ महिना अघि भएको एभरेस्ट प्रिमियर लिग टि २० प्रतियोगितामा आशिफले प्रतियोगिता कै पहिलो शतक प्रहार गरेका थिए । उपाधि बिजेता पन्चकन्या तेजबाट खेलेका उनले १११ नक आउट सहित प्रतियोगितामा ६ खेलबाट सर्बाधिक २२० रन बनाएका थिए ।   

 

यो पनि: नेपाल र केन्याबिचको खेलको टिकट विक्रीको जिम्मा इसेवालाई,अनलाइन मार्फत यसरि किन्नुहोस् 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved