च्याम्पियन्स लिगमा बार्सिलोनाले रच्यो इतिहास, गर्‍यो उत्कृष्ट पुनरागमन (भिडियो)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 09, 2017 | 08:53:13 PM मा प्रकाशित

laxmi  sunrise bank

बार्सिलोनाले पेरिस सेन्ट जर्मेनलाई हराउँदै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगको इतिहासमा ४–० गोल अन्तरले पछि परेको स्थिति उल्टाउने पहिलो टोली बन्दै बार्सिलोनाले ६–१ को अन्तरले जित निकालेको हो।

पहिलो लेगमा ४–० ले हारेको बार्सिलोनाले स्तब्ध पार्दै खेल आफ्नो पक्षमा राख्न सफल भयो। यस जितसंगै बार्सिलोना यस सिजनको अन्तिम ८ मा प्रवेश गरेको छ। 

ला लिगा क्लब बार्सिलोनाले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ६–१ ले हराउँदै समग्रमा ६–५ को जितसहित अन्तिम ८ मा स्थान पक्का गरेको हो । 

दोस्रो लेगमा बार्सिलोनालाई शानदार पुनरागमन गराउने क्रममा नेइमारले दुई तथा लियोनल मेस्सी, लुइस स्वारेज र सर्गी रोबर्टोले गोल गरे । पिएसजीका लेविन कुर्जावाले आत्मघाती गोल गरे । पिएसजीका लागि एडिसन काभानीले एक गोल गरे ।

तेस्रो मिनेटमा स्वारेजले गरेको गोल तथा ४० औं मिनेटमा कुर्जावाले गरेको आत्मघाती गोल पछि पहिलो हाफमा बार्सिलोनाले २–० को अग्रता लियो । ५० औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै मेस्सीले गोल गरे । ६२ औं मिनेटमा काभानीले पिएसजीका लागि एक गोल फर्काए । 

खेलको अन्तिम समय पिएसजीका लागि निकै घातक बन्यो । ८८ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका नेइमारले इन्जुरी समयको पहिलो मिनेटमा पाएको पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता ५–१ मा पुर्‍याए । त्यसपछि इन्जुरी समयको अन्त्यमा सर्गीले गोल गरेपछि बार्सिलोना ६–१ ले विजयी भयो र समग्रमा ६–५ को जितसहित अन्तिम ८ मा पुग्यो । 
 
  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved