अपडेट:
केन्याले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ।
आजको खेलमा कप्तानी सम्हालेका ज्ञानेन्द्र मल्लले लगातार दुई चौका प्रहार गरेका छन्। पिचमा अहिले सुनिल धमला र ज्ञानेन्द्र मल्लले ब्याटिङ गर्दै छन्।
आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्य बिरुद्दको खेलमा कप्तान पारस खड्का नखेल्ने भएका छन। एपेन्डिक्सको सल्यक्रियाका कारण कप्तान खड्का केन्या बिरुद्दको खेलमा नखेल्ने भएका हुन।
कप्तान पारस खड्का नखेल्ने निश्चित भएसंगै आजको खेलमा कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ। आजको खेलबाट सुनिल धमला र दिपेन्द्र ऐरीले डेब्यु गर्नेछन।
वर्षाका कारण आजको खेल प्रभावित भएकाले खेल ३८ ओभरको हुने भएको छ। बिहान ९ बजेदेखि किर्तीपुर मैदानमा सुरु हुने भनिएको खेलमा वर्षा बाधक बनेपछि खेल ढिला गरि सुरु हुने भएको छ।
मौसममा केहि सुधार देखिएकाले प्रतियोगिताको पाचौ चरणको खेलका लागि नेपाल आएको केन्या र घरेलु टिम विचको खेल आज हुने सम्भावना बढेको छ।दिउँसो दुई बजेसम्म कुर्ने र मौसम प्रतिकुल भए खेल भोलिलाई सार्न सकिने खेलका तेस्रो अम्पायर दुर्घा सुबेदीले जानकारी दिएका छन।