शरद भेष्वाकर सस्तोमै आउट भएपछि समस्यामा नेपाल  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 12, 2017 | 12:28:55 AM मा प्रकाशित

laxmi  sunrise bank

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्य बिरुद्दको खेलमा शरद भेष्वाकर पनि सस्तोमै आउट भएका छन। उनले १७ बल खेल्दै मात्र ३ रन जोडे।

नामिबिया बिरुद्दको खेलमा उत्कृष्ट प्रदशन गरेका भेषवाकर सस्तोमै समेटीएपछी नेपाली टिम समस्यामा परेको छ। भेष्वाकर नेशनल ओडिम्बोको बलमा एलिजा ओटिनोकोको क्याचमा आउट भएका हुन।   

त्यस्तै आजको खेलमा कप्तानी सम्हालेका ज्ञानेन्द्र मल्ल ३५ बलमा ५ चौका सहित २७ रन जोड्न सफल भएका छन। आजको खेलमा डेब्यु गरेका   
सुनिल धमला मात्र ३ रन जोडेर आउट भएका छन। उनले ११ बल सामना गर्दै मात्र ३ रन जोड्न सफल भए। 

धमला केन्याका एलिजा ओटिनोको बलमा आउट भएका हुन। आजको खेलबाट डेब्यु गरेका धमलाले ओपनिङ ब्याटिङ गर्न मैदानमा उत्रेपनि सन्तोष जनक प्रदशन गर्न सकेनन। 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved