सन्दिप र शरदको बलमा केन्याका २ घातक ब्याट्सम्यान आउट, नेपाललाई चौथो सफलता (लाइभ)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 13, 2017 | 09:19:50 PM मा प्रकाशित

laxmi  sunrise bank

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पाचौं चरणको दोस्रो खेल किर्तिपुर मैदानमा जारि छ ।  टस जितेर फिल्डिंग रोजेको नेपालले तेस्रो सफलता हात पारेको छ  । सन्दिप लामिछानेले केन्याका घातक ब्याट्सम्यान कोलीन्स ओबुयालाई आउट गरेका छन्  । ओबुयाले ७८ बलमा ७ चौका सहित ४८ रन बनाएका थिए  । 

यो समाचार तयार पार्दा सम्म केन्याले ३० ओभरको अन्त्यमा ४  विकेटको क्षतिमा १०७  रन जोडेको छ । शरद भेषवाकरले ३१ औ ओभरमा एक विकेट लिएका हुन् । उनले अर्का घातक ब्याट्सम्यान  इरफान क्रिम लाई आउट गरेका हुन् । करिमले ३८ रन जोडेका थिए  । 

 अन्य २ विकेट भने यस अघि शनिबार भएको नेपाल र केन्याबीचको खेलमा बलीङको अवसर नपाएका महबुब आलमले लिए। उनले एकै ओभरमा २ विकेट लिएका हुन् ।    

 यस अघिको खेलमा हार बेहोरेको नेपाली टिम जित्ने पर्ने दबाबमा छ।   

हेर्नुस लाइभ

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved