अलराउण्ड प्रदर्शनसंगै केन्या बिरुद्द नेपालको शानदार जित,  शीर्ष चारमा पर्ने सम्भावना कायमै 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 14, 2017 | 01:42:38 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतको केन्यासँगको दोस्रो खेलमा नेपालले शानदार जित हात पारेको छ । टियु ग्राउण्ड किर्तिपुरमा भर्खरै सम्पन्न खेलमा नेपालले केन्यालाई ७ विकेट ले पराजित गरेको हो । 

टस हारेर पहिले ब्याटिंग गरेको केन्याले नेपाललाई १५६ रन्को लक्ष्य दिएको थियो । नेपालले उक्त लक्ष्य ३ विकेटको क्षतिमा ११८ बाल अगावै भेट्टायो । 

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले सर्बाधिक ६४* रन जोडे भने दिपेन्द्र सिंह ऐरीले आफ्नो पहिलो अन्तराष्ट्रिय अर्ध शतक प्रहार गर्दै ६२ रन्को शानदार पारि खेले । त्यस्तै ११ बलमा २४ रन बनाएका शरद भेष्वाकरले अन्तिम बलमा छक्का प्रहार गर्दै स्टाइलमा नेपालको जित सुनिश्चित गरे ।  

यसअघि नेपालले उत्कृष्ट बलिङ गर्दै केन्यालाई १ सय ५५ रनमा समेटेको थियो । नेपालका लागि शरद भेष्वाकर सर्बाधिक ४ विकेट लिए । उनले ७.१ ओभरमा २८ रन खर्चेर ४ विकेट लिएका हुन्  । त्यस्तै बसन्त रेग्मी र मेहबुब आलमले समान २-२ विकेट लिए । सन्दिप लामिछाने र सगर पुनले समान १-१ विकेट लिए ।

शक्ति गौचन र सोमपाल कामी भने विकेट बिहिन बने । 

जित संगै नेपालको  शीर्ष चारमा पर्दै अर्को वर्ष बंगलादेशमा हुने एक दिबशीय बिश्व कप छनौट प्रतियोगिताको लागि छनोट हुने सम्भावना कायम नै छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved