एफए कप सेमिफाइनल प्रवेशको लागि आज चेल्सी र म्यानचेस्टर भिड्दै, कहाँ हेर्ने लाइभ ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 14, 2017 | 03:32:39 AM मा प्रकाशित

laxmi  sunrise bank

एफए कप फुटबल प्रतियोगिता अन्तर्गतको क्वाटरफाइनलको अन्तिम खेल आज हुदै छ । सेमिफाइनल प्रवेशको लागि हुन् लागेको आजको खेलमा प्रिमियर लिगका दुई टोली चेल्सी र म्यानचेस्टर युनाईटेडबिच प्रतिस्पर्धा हुदै छ ।

युनाईटेड प्रतियोगिताको डिफेन्डिंग च्याम्पियन हो । युनाईटेडले सर्बाधिक १२ पटक यो प्रतियोगिताको उपाधि जितेको छ । आर्सनलले पनि समान १२ पटक यो उपाधि जितेको छ ।

आजको खेल चेल्सीको घरेलु मैदानमा नेपाली समय अनुसार राती १:३० बजे सुरु हुनेछ । खेल सोनीनेटवर्क ( ईएसपीएन  ) मा हेर्न सकिने छ  । 

आजको खेलमा युनाईटेडका स्ट्राइकर वायान रुनी चोटका कारण खेल्ने छैनन्  भने इब्राहिमोविच पनि निलम्बनका कारण खेल्ने छैनन्। फरवार्ड एन्थोनी मार्शल र मार्कस रासफोर्ड पनि अस्वस्थ भएका कारण मैदान उत्रने छैनन्  ।

चेल्सीसंग पनि पहिलो रोजाई कै खेलाडी उपलब्ध छन् ।  

यस अघि एफए कपमा यी दुई टोली बिच ११ पटक प्रतिस्पर्धा भएकोमा युनाइटेडले ८ र चेल्सी ३ पटक बिजयी भएको थियो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved