इमर्जिङ नेशन कपको लागि नेपाली टोलीको घोषणा, शक्ति, बसन्त र सोमपाललाई आराम 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 15, 2017 | 09:40:57 PM मा प्रकाशित

laxmi  sunrise bank

यसै महिनादेखि बंगलादेशमा सुरु हुने एसिसी इमर्जिङ नेशन कप क्रिकेटको लागि नेपाली टोलीको घोषणा भएको छ  । आइसिसीका प्रतिनिधी वैकटपति राजु, प्रशिक्षक जगत टमाटा, पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लको छनौट समितिले अन्तिम टोलीको टुंगो लगाएको हो ।

बिश्व च्याम्पियन्स लिग नखेलेका पारस खड्काले यो प्रतियोगितामा पनि भाग्नालिने भएका छन् । स्वास्थ्यका कारण खड्का नखेल्ने भएपछि कप्तानको जिम्मा ज्ञानेन्द्र मल्ललाई दिइएको छ । नेपाली टोलीको उपकप्तानमा शरद भेषावकर छन्।

मल्लको कप्तानीमा  ४ वैकल्पिकसहित १९ जना खेलाडीको घोषणा भएको हो ।

 शक्ति गौचन, बसन्त रेग्मी र सोमपाल कामीलाई आराम दिईएको छ ।  

टोलीमा ज्ञानेन्द्र मल्ल, शरद भेषवाकार, विनोद भण्डारी, सागर पुन, आरिफ शेख, मेहबुब आलम, दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, आषिफ शेख, अविनाश कर्ण, सुनिल धमला, भुवन कार्की, सुशन भारी, दिपेश श्रेष्ठ र दिलिपनाथ रहेका छन् ।

वैकल्पिक खेलाडीमा कुशन भुर्तेल, जितेन्द्र कुमार मुखिया, राजेश पुलामी र सुशील कँडेल रहेका छन् ।

प्रतियोगितामा एसियाका टेष्ट खेल्ने चार राष्ट्र भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका यू-२३ टिमसँगै नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाको सहभागिता रहने छ । 
नेपाली टोलीको बन्द प्रशिक्षण आगामी आइतबारबाट सुरु हुने भएको छ। 

प्रतियोगिता मार्च २५ देखि अप्रिल ४ तारिखसम्म चल्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved