चिलीमाथि जित हात पारेसंगै अर्जेन्टिनाको बिश्वकपमा छनौट हुने सम्भावना कायमै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 24, 2017 | 08:38:12 PM मा प्रकाशित

laxmi  sunrise bank

चिलीलाई पराजित गर्दै अर्जेन्टिनाले बिश्वकपमा सहभागिता जनाउने सम्भावना कायमै राखेको छ । शुक्रबार बिहान भएको अमेरिकी छनौट चरणको खेल अन्तर्गत अर्जेन्टिनाले चिलीलाई १-० को गोल अन्तरले पराजित गरेको हो । खेलको एक मात्र गोल लियोनल मेस्सीले पेनाल्टी मार्फत गरे  । 

 चिलीका डिफेन्डरले एन्जेल डि मारियालाई डि बक्सभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । १६ औ मिनेटको त्यस गोल नै निर्णायक बन्यो । जितसँगै अर्जेन्टिनाले गत २ संस्करणमा कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग हारको बदला लिएको छ ।

 आउँदो वर्ष रुसमा हुने विश्कपमा सहभागी हुन् अर्जेन्टिनालाई यो खेल जित्नै पर्ने दबाब थियो।  जितसँगै अर्जेन्टिना पाँचौै स्थानबाट तेस्रो स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको उरुग्वे भन्दा अर्जेन्टिना एक अंकले तल छ भने पहिलो स्थानमा रहेको ब्राजिल भन्दा ८ अंक तल छ ।

छनौट चरणमा समुहको शिर्ष ४ स्थानमा रहने देश सिधै विश्व कपका लागि छनौट हुनेचन भने पाँचौ हुने देशले प्लेअफ हुदै छनौट हुन् सक्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved