गोरखाको आरुबोटमा खुल्ला रनिङ्ग कप फुटबल तथा साँस्कृतिक कार्यक्रम हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 25, 2017 | 03:02:54 AM मा प्रकाशित

laxmi  sunrise bank

नब बर्ष २०७४ सालको पावन अवसरमा श्रीनाथ इलीम समाज सेवा क्लब , आरुबोट , गोरखाद्वारा खुल्ला रनिङ्ग कप फुटबल प्रतियोगिता र बिबिघ साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ | उक्त काय्रक्रम यहि मिति २०७३ साल चैत्र २९ गतेदेखि २०७४ साल बैशाख ३ गते सम्म संचालन हुनेछ |
 
साँस्कृतिक कार्यक्रममा भाग लिन चाहने समुहले यहि मिति २०७३ साल चैत्र मसान्तसम्म आ-आफ्नो समूह दर्ता गराइसक्नुपर्नेछ , त्यसैगरी फुटबल प्रतियोगितामा भाग लिने प्रतियोगी टिमले यहि मिति २०७३ साल चैत्र २८ गतेसम्म टिम दर्ता गराइसक्नु पर्ने आयोजकले जनाएको छ |

सांस्कृतिक कार्येक्रम नयाँ बर्षको दिन बेलुका संचालन हुने तथा सांस्कृतिक कार्येक्रममा आफ्नो लोक सस्कृति झल्कने खालकोलाइ प्राथमिकता दिइने श्रीनाथ इलीम समाज सेवा क्लबका अध्यक्ष बिकाश गुरुङले जानकारी दिए|

श्रीनाथ इलीम खुल्ला रनिङ्ग कप फुटबल प्रतियोगितामा प्रथम , द्रितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगिलाई क्रमश एक लाख , पचास हजार र दश हजार रुपैया नगदराशी सहित रनिङ्ग कप मेडल र प्रमाण-पत्रले सम्मान गरिनेछ , त्यसैगरी सांस्कृतिक नृत्य प्रतियोगितामा प्रथम , द्रितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगिलाई कमश पन्ध्र हजार , दश हजार र पाच हजार रुपैया नगदराशी सहित मायाको चिनो र प्रमाण-पत्रले सम्मान गर्ने कार्येक्रमका संयोजक धन माया गुरुङले जानकारी दिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved