चौथो गोरखकाली कप फुटबल चैत २३ देखी, यस्ताका छन् आकर्षण (फोटो )

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 26, 2017 | 05:20:35 AM मा प्रकाशित

laxmi  sunrise bank

गोरखा सदरमुकाममा रहेको हरमटारी क्लबले चैत २३ गतेदेखी चौथो गोरखकाली कप फुटबल आयोजना गर्ने भएको छ । २०७० सालदेखी प्रत्येक बर्ष फुटबल खेल आयोजना गर्दै आएको यस क्लबले जिल्लामा खेलकुदको बिकास गर्न साथै ऐतिहासिक स्थल भएकाले पर्यटन ब्यवसायको विकासलाई समेत टेवा पु¥याउने उदेश्यले फुटवल आयोजना गर्न लागिएको क्लबका अध्यक्ष बिशाल गुरुङले जानकारी दिए ।


 
जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको यस खेलमा प्रथम हुने टिमले नगद एक लाख पचास हजार रुपैयाका साथै सिल्ड, मेडल र ट्रफी प्राप्त गर्नेछन् । साथै द्धितिय हुने क्लबले नगद पचहत्तर हजारका साथै सिल्ड, मेडल र ट्रफी तथा सेमी फाइनलमा प्रवेश गर्ने टिमलाई नगद तिस हजार, सिल्ड, मेडल र ट्रफी प्रदान गरिने हरमटारी क्लबका सल्लाहकार जिवन गुरुङले बिजपाटीलाई जानकारी दिएका छन् ।
 
राष्ट्रिय तथा स्थानिय खेलाडीहरुको सहभागिता रहने यस प्रतियोगितामा जम्मा १६ टिमले भाग लिन पाउनेछन् । चैत २३ गते देखि २८ गतेसम्म गोरखा सदरमुकाम स्थित हरमटारीमा रहको खेलकुद मैदानमा हुने यस प्रतियोगितामा १५ लाखको हाराहारीमा खर्च हुने अनुमान गरिएको क्लबका सल्लाहकार आनन्द गुरुङ (काजी) ले बताए । हालसम्म क्लबलाई जिल्ला समन्वय समिती, जिल्ला खेलकुद विकास समिती, गोरखा नगरपालिकाले सहयोग गर्ने बचन दिएको काजीको भनाई छ ।

जिल्लामा सामाजिक कार्यमा समेत आफुलाई सक्रिय बनाउदै आएको यस क्लबले केहि बर्ष यता सदरमुकाममा रहेको खेलकुद मैदानको मर्मत तथा संरक्षण गर्दै आइरहेको छ । यस बर्ष प्रतियोगितामा दर्शकलाई खेल अवोलोकन गर्न सहज बनाउनका लागि प्याराफिट समेत ल्याउने तयारी रहेको आयोजक हरमटारी क्लबले विजपाटीलाई जानकारी दिएको छ ।

प्रत्येक बर्ष हुने यस प्रतियोगितामा बर्षै पिच्छे पुरस्कार राशी समेत बढाउदै लगिएको र आगामी बर्ष समेत सोही अनुसार पुरस्कार राशी बढाउने योजना रहेको क्लबका महासचिव अनिल श्रेष्ठले बताएका छन् । २३ गते हुने प्रतियोगिताको उद्घाटन कार्यक्रमको प्रमुख अतिथी हाल सम्म टुंगो नलागे पनि राष्ट्रिय स्तरको ब्यक्तित्वबाट प्रतियोगिताको उद्घाटन गर्ने तयारी रहेको श्रेष्ठको भनाई छ ।

करिब १५० जना भन्दा बढि युवा आवद्ध रहेको यस हरमटारी क्लबले गोरखकाली कप प्रतियोगिता सकिए पश्चात एन आर एन ले भुकम्पले ध्वस्त भएको लाप्राकमा निर्माण गर्न लागेको नमुना बस्तीमा पाँच दिन श्रमदान दिन जाने तयारी समेत गरेको क्लबका दिपेन्द्र शाहले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved