विश्वकप छनौट: फ्रान्स र पोर्चुगललाई सफलता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 26, 2017 | 07:12:28 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप छनौट अन्तर्गत युरोपियन क्षेत्रको छनौटमा फ्रान्स र पोर्चुगललाई सफलता मिलेको छ। शनिबार राति भएको खेलमा फ्रान्सले लेग्जेम्बर्गलाई र पोर्चुगलले हंगेरीलाई पराजित गरेको हो। 

लग्जेम्बर्ग बिरुद्द फ्रान्सको ३ गोल 


सन २०१८ मा रुसमा हुने विश्वकप छनौट अन्तर्गत शनिबार राति भएको खेलमा फ्रान्सले लग्जेम्बर्गलाई ३–१ ले पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलको भरपुग सदुपयोग गर्दै फ्रान्सले शानदार प्रदशनका साथमा लेग्जेम्बर्गलाई ३–१ ले पराजित गरेको हो ।

फ्रान्सका लागि ओलिभर जिरउडले दुई तथा एन्टोनी ग्रिजम्यानले एक गोल गरे । लग्जेम्बर्गका लागि जोएचिमले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन्  ।  

जितसंगै युरोपियन क्षेत्रको छनौटको समूह ‘ए’ मा फ्रान्स पाँच खेलबाट १३ अंक सहित शिर्ष स्थानमा पुगेको छ। स्वीडेन १० अंक सहित दोस्रो स्थानमा छ। गए राति भएको खेलमा स्वीडेनले बेलारुसलाई ४–० ले पराजित गरेको हो। स्वीडेनको जितमा इमिल फोर्सबर्गले दुई तथा बेर्ग र थिलिनले समान एक एक गोल गरे। 

हंगेरी बिरुद्द पोर्चुगलको ३ गोल 


गए राति भएको खेलमा पोर्चुगलले हंगेरीलाई ३-० ले पराजित गरेको छ। पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डोले दुई तथा एन्ड्रे सिल्भाले एक गोल गरे । 
 
हंगेरीविरुद्ध दुई गोल गरेसंगै रोनाल्डोले युरोपियन क्षेत्रको छनौटको लगातार चौथो खेलमा गोल गर्न सफल भएका छन्। जितसंगै पोर्चुगल १२ अंक सहित समुह 'बि' मा दोस्रो स्थानमा रहन सफल भएको छ। समुह ‘बी’ मा स्वीट्जरल्याण्ड १५ अंक सहित शिर्ष  स्थानमा छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved