इमर्जिङ कप:पाकिस्तानसंग नेपाल ६ विकेटले पराजित,'रणनीतिक असफलता'बन्यो हारको कारण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 28, 2017 | 05:48:08 AM मा प्रकाशित

laxmi  sunrise bank

एसियन क्रिकेट काउन्सिल इमर्जिङ टिम कप अन्तर्गतको पहिलो खेलमा नेपाल पाकिस्तान यू-२३ टोलीसँग ६ विकेटले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले खुलेर खेल्न नसक्दा पहिलो खेलमा हार बेहोरेको छ।

नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तानले ४५ ओभर १ बलमा ४ विकेटको क्षतिमा भेट्टाएको थियो। पाकिस्तानका लागि इमाम उलहकले सर्वाधिक १०४ रन बनाए । अन्तिम समयसम्म पिचमा रहेर १३५ बलमा ९ चाैका प्रहार गरे। त्यस्तै पाकिस्तानका लागि हम्मद आजम २२, इमरान बट २० र हरिस सोहेलले १७ रन जोडे। 

पाकिस्तानलाई सहज जित हासिल गर्न नदिनका लागि आजको खेलमा कप्तानी सम्हालेका ज्ञानेन्द्र मल्लले २ तथा सन्दिप लामिछानेले २ विकेट लिए।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा मात्र १८० रन जोड्न सफल रह्यो। नियमित कप्तान पारस खड्का, बसन्त रेग्मी, शक्ति गौचन र सोमपाल कामी बिना नै नेपाली टोलि पाकिस्तानसंग खेलेको थियो।

सुरुवाती ब्याट्सम्यान सस्तोमै समेटिए पछि नेपालको पारि ओपनर सुनील धमला र अनुभवी ब्याट्सम्यान शरद भेषावकरले सम्हाले। शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा भएको यस खेलमा नेपालका लागि ओपनर सुनिल धमलाले सर्वाधिक ४३ रन जोडे। १२५ बलको सामना गरेका धमला ३ चौका सहित ४३ रन जोडे। त्यस्तै शरद भेषवाकरले ३८, बिनोद भण्डारी २४ , ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल ३, सागर पुन ४ र दिपेन्द्र सिंह ऐरी १४ जोडे। 

म्याच एक्सपोजर दिने लक्ष्य सहित युवाहरुलाई नेपाली टोलिमा समावेश गरीएपनी कप्तानीको जिम्मेवारी पाएका ज्ञानेन्द्र मल्लको रणनीतिक असफलताका कारण आज नेपालले आफ्नो पहिलो खेल हार्न बाध्य भएको खेल प्रेमीहरुको आरोप रहेको छ। आजको खेलमा बलिङ तर्फ उत्कृष्ट प्रदशन गरेका मोहम्मद आलमलाई मात्र ३ ओभर दिइएको थियो। कप्तान मल्लले आफैले १० ओभर गर्दै ४४ रन दिएर २ विकेट लिए। तर कप्तान मल्लसंग बलिङका लागि सुनिल, दिपेन्द्र, अरिस, महेबुबको बिकल्प हुँदा हुँदै पनि उनले आफै र भेषावकरलाई बलिङ दिने गरेको निर्णय नेपाली दर्शकले मन पराएका छैनन्। 

नेपालले भोलि बंगलादेश यु -२३ टोलिसंग प्रतिस्पर्धा गर्दै छ। आज भएको खेलमा बंगलादेशले हककंगलाई ८ विकेटको भारि अन्तरले पराजित गरेको छ। त्यस्तै अफगानिस्तानले मलेसियालाई र भारतले श्रीलंकालाई पराजित गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved