एसियन कप छनौट: नियमित कप्तान बिनानै फिलिपिन्स बिरुद्द भिड्दै नेपाल (लाइभ भिडियो)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 29, 2017 | 03:14:26 AM मा प्रकाशित

laxmi  sunrise bank

 सन् २०१९ मा युएईमा हुने एसियन कप अन्तर्गत छनौट चरण अन्तर्गत आज नेपालले फिलिपिन्ससंग प्रतिस्पर्धा गर्दै छ । खेल फिलिपिन्सको राजधानी मनिलास्थित रिजाल मेमोरियन स्टेडियममा आज साझ पौने ६ बजेदेखि सुरु हुने छ।

आजको खेलको सुरुवाती टोलीमा नेपाल नियमित कप्तान बिराज महर्जन बिना मैदान उत्रने छ। नेपालका प्रशिक्षक ग्योतुकु कोजीले महर्जन बिना नै नेपालको पहिलो रोजाइ घोषणा गरेका हुन्। 

यस्तो छ सुरुवाती नेपाली टोली
गोलरक्षक : किरण चेम्जोङ 
डिफेण्डर : रविन श्रेष्ठ, आदित्य चौधरी, अनन्त तामाङ, कमल श्रेष्ठ
मिडफिल्डर : रोहित चन्द, विक्रम लामा, सुजल श्रेष्ठ, अन्जल विष्ट 
फरवार्ड : भरत खवास, विमल घर्ती मगर

नेपाल र फिलिपिन्सबीच भएका पछिल्ला ४ खेलमा नेपालले १ खेल जितेको छ । पछिल्लो समय २०१५ अक्टोवरमा कतारमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फिलिपिन्स ३-० गोलले बिजयी भएको थियो ।

फिफा बरियतामा नेपाल भन्दा निकै माथि रहेको फिलिपिन्स बिरुद्दको खेल नेपालको लागि चुनौती पूर्ण हुने छ  । नेपालको समुहमा ताजिकिस्तान र यमन पनि छन् र शीर्ष वरीयताको टिम पनि फिलिपिन्स नै हो ।  

सोलिडारिटी कप र बंगबन्धु गोल्डको उपाधि जितेको नेपाल बहने पछिल्ला ८ खेल जित्दै उत्कृष्ट लमा छ  ।  

लाइभ हेर्न यहाँ क्लिक गर्नुस होस् ।  डीस होमले पनि खेलको लाइभ गर्ने छ  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved