कप्तान ज्ञानेन्द्र मल्ल नायक बन्दा एसीसी इमर्जिङ कपमा नेपाललाई सान्तवना जित (फोटो सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 31, 2017 | 04:59:31 AM मा प्रकाशित

laxmi  sunrise bank

बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगितामा नेपाललाई सान्त्वना जित दर्ता गरेको छ। हङकङलाई सात विकेटले पराजित गर्दै नेपालले जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगितामा सुखद अन्त्य गरेको हो। 

बंगलादेशको शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले दिएको २१५ रनको लक्ष्य नेपालले ४२ दशमलव २ ओभरमा तीन विकेटको क्षतिमा पुरा गर्यो। 

कप्तानी सम्हालेका ज्ञानेन्द्र मल्लले उत्कृष्ट प्रदशन गर्दा समुह चरणको अन्तिम खेलमा नेपालले जित निकाल्न सफल भएको हो। दीपेन्द्रसिंह ऐरी र शरद भेषवाकरबीच एक सय पाँच रनको साझेदारी भएपश्चात नेपाललाई जितको आधार मिलेको हो। 

कप्तान मल्लले सर्वाधिक ७० रनको योगदान दिए। ८२ बल खेल्ने क्रममा उनले ११ चौका प्रहार गरे। खेलको २७ औं ओभरको एक बल बाँकी छँदा मल्ल बाहिरिए। अशिफ शेख र दिलिप नाथ सस्तैमा आउट भएपछि पारि सम्हाल्न आएका दीपेन्द्रले ८३ बल खेल्दै ६० रन जोडे। यसमा एक छक्का र पाँच चौका सामेल थियो । यस्तै ५१ बल खेलेका भेषवाकरले तीन छक्का र तीन चौकाको मद्दतमा ५५ रनको योगदान दिए।   

हङकङलाई २१४ रनमा समेट्नका लागि अभिनास कर्णले सर्वाधिक तीन विकेट लिए। त्यस्तै ज्ञानेन्द्र मल्ल, भुवन कार्की र सुशन भारीले समान दुई–दुई विकेट लिए। त्यस्तै सन्दिप लामिछाने एक विकेट लिए ।

यस अघिका दुवै खेलमा हार बेहोरेर बाहिरिसकेको नेपाललाई हङकङ बिरुद्दको खेलमा प्राप्त जितले केहि हौसला प्रदान गरेको छ। नेपाल यस अघिका खेलमा बङ्गलादेशसँग ८ विकेट तथा दोस्रो खेलमा पाकिस्तानसँग दुई सय ४८ रनले पराजित भएको थियो।   

एसियाली क्रिकेट परिषद् (एसिसी) को आयोजनामा भइरहेको उक्त प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै मलेसिया, अफगानिस्तान र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र बंगलादेश, पाकिस्तान, श्रीलंकाका र भारतका यु-२३ खेलाडीको सहभागिता रहेको छ।

जस अनुसार समूह ए बाट श्रीलंका र अफगानिस्तान तथा समूह बी बाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेका छन्। अफगानिस्तानले भारतलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो भने बंगलादेशले पाकिस्तानसंग बराबरी खेल्दै सेमिफाइनलमा पुगेको हो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved