दुवै म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश, रियलको जितमा रोनाल्डोको किर्तिमान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 19, 2017 | 11:49:14 AM मा प्रकाशित

laxmi  sunrise bank
रियल म्याड्रिड र एथलेटिको म्याड्रिड च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्  

मंगलबार अबेर राति भएको खेलमा  एथलेटिको म्याड्रिडले पहिलो पटक च्याम्पियन्स लिगमा सहभागिता जनाएको लेस्टर सिटीसंग बराबरी खेल्यो ।  पहिलो लेगमा १-० को अग्रता लिएको एथलेटिकोले समग्रमा २-१ को जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो ।  

त्यस्तै अर्को खेलमा बायाँन म्युनिकलाई पराजित गर्दै रियल म्याड्रिड पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।  पहिलो लेगमा २-१ को जित निकालेको रियलले दोस्रो लेगमा बायाँनलाई ४-२ गोला अन्तरले पराजित गर्दै समग्रमा ६-३ को जित निकाल्यो  ।  

रियलको जितमा रोनाल्डोले ह्याट्रिक गरे  ।  रियलका लागि अर्को एक गोल मार्को एसेन्सियोले गरे । बार्यनका लागि रोबर्ट लेवान्डोस्कीले एक गोल गरे भने रियलका सर्जियो रामोसले आत्मघाती गोल गरे । 
 
ह्याट्रिक संगै रोनाल्डोले च्याम्पियन्स लिगमा नयाँ किर्तिमान बनाएका छन्   ।  उनी च्याम्पियन्स लिगमा १०० गोल गर्ने पहिलो खेलाडी बनेका छन्   ।  रोनाल्डोले  म्यानचेस्टर युनाइटेडबाट १५ र रियल मड्रिड ८५ गोल गरेका हुन् ।

अर्का स्टार खेलाडीले भने हालसम्म  ९४ गोल गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved