सुशीलको शानदार बलिग़ले बिराटनगर किंग्स फाइनलमा, रुपन्देही ९९ रन मै अल आउट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 19, 2017 | 03:52:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सुशील कडेलको शानदार बलिंग संगै विराटनगर किंग्स धनगढी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वालिफायरमा रुपन्देही च्यालेन्जर्सलाई २९ रनलाई पराजित गरेको हो  ।

टस जितेर पहिले ब्याटिंग गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २८ रन जोड्यो  । विराटनगरको लागि आशिफ शेखले सर्बाधिक ३६ तथा कप्तान शरद भेषवाकरले २४ रन जोडे  । रुपन्देहीका लागि शक्ति गौचनले ३ तथा दिपेश श्रेष्ठले २ विकेट लिए  ।

१२९ रन्को लक्ष्य लिएर मैदान उत्रेको रुपन्देहीले कम्जोर ब्याटिंग प्रदर्शन गर्दै ९९ रन मै अल आउट हुन् पुग्यो  । रुपन्देहीको लागि पुष्प थापाले २२ तथा बिक्रम सोबले २३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बटुल्न सकेनन  । 

रुपन्देहीलाई सस्तैमा समेट्न सुशिल्कदेलले शानदार बालिग गरे  । कडेलले ४ ओभरमा १ मेडन सहित केवल १५ रन खर्चेर ४ विकेट लिए  । त्यस्तै सन्दिप लामिछानेले २ विकेट लिए  ।

अब रुपन्देहिले फाइनल प्रवेशको लागि पुन अवसर पाउने छन्  । रुपन्देहीले काठमाडौँ गोल्डेनस र धनगडी टिम सौराहाको बिजेतासंग फाइनल प्रबेशका लागि प्रतिस्पर्धा गर्ने छ  ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved