कप्तान पारस खड्काको विस्फोटक ब्याटिंग, टिम सौराहाले बनायो प्रतिगोगिता कै दोस्रो ठुलो स्कोर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 20, 2017 | 12:00:59 PM मा प्रकाशित

laxmi  sunrise bank

धनगढी प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिता अन्तर्गतको दोस्रो क्वालिफायरमा अहिले धनगढी टिम सौराहा र रुपन्देही च्यालेन्जर्स प्रतिस्पर्धा गरिरहेका छन् । टस जितेर पहिले ब्याटिंग गरेको धनगढी टिम सौराहाले रुपन्देही च्यालेन्जर्सलाई जितको लागि १७३ रन्को बिशाल चुनाती लक्ष्य पेश गरेको छ   

  टिम सौराहाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७२ रन बनाएको हो  । धनगढीका लागि कप्तान पारस खड्काले विस्फोटक ब्याटिंग गर्दै ४१ बलमा ४ छक्का र ६ चौकाको मद्दतमा ६७ रन जोडे  । त्यस्तै सौरभ खनालले ८ बलमा २४ रन, राजु रिजालले २५,अनिल मण्डलले १३, अमर रौटेलाले १६ रन बनाए  । पृथु बास्कोटा र आरिफ शेखले भने दोहोरो अंकको रन बटुल्न सकेनन  । 

रुपन्देहीका लागि कृष्ण कार्कीले २ तथा बिक्रम भुषाल र सहबब आलमले समान १-१ विकेट लिए  ।

जारि प्रतियोगितामा यो टिम चौराहाको सबैभन्दा ठूलो स्कोर हो भने प्रतियोगिताको दोस्रो ठुलो स्कोर हो ।   काठमाडौं गोल्डेन्सले बिराटनगर किङ्ग्सविरुद्ध बनाएको १७३ रन प्रतियोगिता सबै भन्दा ठुलो स्कोर थियो   ।

यो खेलको बिजेताले उपाधिका लागि विराटनगर किंग्ससंग प्रतिस्पर्धा गर्ने छ । बिराटनगर किंग्स रुपन्देही च्यालेन्जर्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved