डिपिएल उपाधिका लागि शरद भेष्वाकर र पारस खड्काको टिम भिड्ने, शक्तिको टिम ९२ रनले पराजित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 20, 2017 | 01:46:29 PM मा प्रकाशित

laxmi  sunrise bank

धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट प्रतियोगिताको उपाधिका लागि शरद भेष्वाकरको कप्तानीमा रहेको विराटनगर किंग्स र पारस खड्काको कप्तानीमा रहेको धनगढी टिम सौराहा भिड्ने भएका छन् । आज भएको दोस्रो क्वालिफायर खेलमा  धनगढी टिम सौराहाले शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सलाई ९२ रन ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो  । 

टस जितेर पहिले ब्याटिंग गरेको धनगढी टिम सौराहाले रुपन्देही च्यालेन्जर्सलाई जितको लागि १७३ रन्को बिशाल चुनाती लक्ष्य पेश गरेको थियो  ।   टिम सौराहाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७२ रन बनाएको हो  । धनगढीका लागि कप्तान पारस खड्काले विस्फोटक ब्याटिंग गर्दै ४१ बलमा ४ छक्का र ६ चौकाको मद्दतमा ६७ रन जोडे  । त्यस्तै सौरभ खनालले ८ बलमा २४ रन, राजु रिजालले २५,अनिल मण्डलले १३, अमर रौटेलाले १६ रन बनाए  । पृथु बास्कोटा र आरिफ शेखले भने दोहोरो अंकको रन बटुल्न सकेनन  । 

रुपन्देहीका लागि कृष्ण कार्कीले २ तथा बिक्रम भुषाल र सहब आलमले समान १-१ विकेट लिए  ।

 यो चौराहाको सबैभन्दा ठूलो स्कोर थियो भने प्रतियोगिताको दोस्रो ठुलो स्कोर हो । काठमाडौं गोल्डेन्सले बिराटनगर किङ्ग्सविरुद्ध बनाएको १७३ रन प्रतियोगिता सबै भन्दा ठुलो स्कोर थियो   ।

१७३ रन्को लक्ष्य लिएर ब्याटिंगमा आएको रुपन्देहीले १५.२ ओभरमा अल आउट हुदै ८० रन मात्र जोड्न सक्यो  । रुपन्देहीका लागि राजेश पुलामी मगर र कृष्ण कार्कीले स्समन १४ रन तथा पुष्प थापाले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बटुल्न सकेनन्  । 

रुपन्देहीलाई सस्तैमा समेट्न धनगढीका ललित राजबंशी र सौरभ खनालले समान ३-३ तथा आरिफ शेखले २ र सुशन भारिले एक विकेट लिए  ।

अब प्रतियोगिताको खेल शनिबार बिहान ११ बजे हुने छ  । यस अघि समुह चरणमा भएको खेलमा विराटनगर किंग्सले धनगढी टिम सौराहालाई २३ रनले पराजित गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved