नेक्सस कपमा एनसीएसएसको विवादबारे आयोजक भन्छन् 'डिएल मेथड प्रयोग नै भएको छैन'

एनसीएसएसलाई 'क्रिकेटको बिनाशमा लागेका झुण्ड'को संज्ञा
मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 21, 2017 | 04:15:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली क्रिकेट समर्थक संस्था ( एन सि सि एस् ) ले काठमाडौंमा भएको नेक्सस क्रिकेट प्रतियोगितामा एनसीएसएस झापा र डब्लुसिए बुटवलबीचको खेलमा भएको भनिएको विवादबारे छानविन गर्न माग गरेको छ  संस्थाले एक बिज्ञप्ति निकाल्दै खेल  आईसीसीको अनुरुप नखेलाईएको दाबीहित त्यस बिषयमा छानविन गरी दोषीलाई कारबाहीको माग गरेको हो 

विवादको जड 

क्वाटरफाइनलको खेल एनसिएसएस झापा बिरुद्ध डब्लुसिए बुटवल बिचको थियो । टस हारेर ब्याटिंग गरेको  डब्लुसिए बुटवलले २० ओबरको खेलमा ५ विकेट को क्षतिमा १४३ रन जोडेको थियो  । १४४ रनको लक्ष्य लिएर मैदान उत्रेको एसीएसएस झापाले ५ ओबरमा १ विकेटको क्षतिमा ३४ रन बनाएको अवस्थामा वर्षाका कारण खेल प्रभावित भएको थियो । त्यसपछि खेल हुन् नसकेपछि डब्लुसिए बुटवललाई बिजेता घोषणा गरिएको थियो  

एनसिएसएसको असन्तुष्टि

एसीएसएसले आफुहरुले कट अफ टाइमबारे जानकारी राख्दा अम्पायरले जानकारी नगराएको, पानी रोकिएपछि खेल गराउन  सकिन्छ कि सकिदैन भन्ने बिषयमा आफुहरुसंग समन्वय नगरेको, खेलको निर्णय सुनाउन अर्कै ग्राउण्डमा लागिएको, त्यहाँ पनि खेलका अम्पायरले नभई अम्पायरका कोर्डिनेटरले निर्णय सुनाएको र के आधारमा डब्लुसिए विजय भएको त्यो प्रस्ट नपारेको आरोप लगाएको छ  

डिएल मेथडको प्रयोग 

डिएल मेथड बर्षाले प्रभावित भएका क्रिकेट खेलहरुमा बिजेताको टुंगो लगाउने प्रयोग गरिने बिश्व ब्यापी नियम हो  प्रतियोगितापछि डब्लुसिए बुटवलले आफ्नो आधिकारिक फेसबुक पेजमा आफुहरुले डिएल मेथड बाट जित हात पारेको र सेमिफाइनलमा प्रवेश गरेको लेखेको छ  तर डिएल मेथडलाई हेर्ने हो भने बर्षाले खेल प्रभावित हुँदा एनसीएसएस झापाको टोली ६ रनले अगाडी हुने एनसीएसएस संस्थाको दाबी छ  

राखेपको चासो

यस बिषयमा राष्ट्रिय खेलकुद परिषदले यस बिषयमा के भएको हो त्यसबारे जानकारी गराउन आयोजकलाई निर्देशन दिएको छ । नेपाल खेलकुद बिज्ञान प्रतिस्ठानका कार्यकारी निर्देशक डा प्रकाश प्रधानले एक बिज्ञप्ति जारि गर्दै यसबारे यथार्थ जानकारी उपलब्ध गराई सहयोग गर्न आग्रह गरेका हुन्  आयोजकले राखेपलाई यस बिषयमा जानकारी गराईसकेको बताएको छ  

आरोपको खण्डन 

प्रतियोगिता संचालन गरेको मूल आयोजक समितिका सह संयोजक विजय कुमार शर्माले एसीएसएसले लगाएको आरोपको खण्डन गर्दै पुरै प्रतियोगिता आईसीसीको नियम अनुसार नै भएको दाबी गरे  हारेपछि अनेक आरोप लगाउनु 'स्पोर्ट्सम्यानसिप'को भावना बिपरित भएको भन्दै उनले पहिला हरेक टिमलाई जानकारी गराईएको नियमहरुबाट सम्पूर्ण प्रतियोगिता संचालन गरेको बताए  उनले एनसीएसएसले लगाएको आरोपको खण्डन गर्दै 'समुह चरणको खेल चै नम्स (norms) अनुसार खेल्ने अनि क्वाटरफाइनलमा चै त्यहि नम्स मान्दिन्न भन्न मिल्छ' भन्दै प्रति प्रश्न गरे  

डिएल प्रयोग भएको छैन

शर्माले डिएल मेथडको नियम लागु गर्न आवश्यक सफ्टवेयर आफुहरु संग नभएको र प्रतियोगिता भर कुनै पनि खेलमा डिएल मेथडको प्रयोग नगरिएको प्रष्ट पारे   उनले डिएल मेथड बाहेक अन्य सबै नियमहरु आईसीसी कै अनुरुप भएको दाबी गरे  

अम्पायर पनि आयोजक ?

एनसीएसएसले 'अम्पायरलाई पनि आयोजक कमिटिमा राखेको छ' भन्ने आरोप लगएको छ, त्यो के हो भन्ने प्रश्नमा शर्माले अम्पायर पनि आयोजक मध्ये कै एक हो  'अम्पायरलाई आयोजक कमिटिमा नराखेर कहाँ राख्ने त् ? ' उनको प्रश्न थियो  

आक्रमण भएकै छैन , सुबिधा दिएका छौ

शर्माले खेलाडीमाथि भौतिक आक्रमण भएको स्वीकार गर्न मानेनन  उनले केहि व्यक्तिले चुरोट र रक्सि खाएर केहि सामान्य विवाद भएको आफुले तुरुन्तै इन्स्पेक्टर खबर गरेपछि प्रहरीको टोलीले स्थिति सामान्य बनाएको तर आक्रमण नभएको बताए  उनले खेलाडीहरुलाई पहिले भएको सम्झौता अनुरुप नै खाजा बाहेकको सम्पूर्ण सुबिधा उपलब्ध गराईएको प्रस्ट पारे  

 

एनसीएसएसलाई धम्की

एनसीएसएसका केन्द्रिय कोषाध्यक्ष प्रमोद बज्राचार्यले नम्स बारेमा आयोजकले आफुहरु लाई जानकारी नै नगराएको बताएका छन्  यस बिषयमा आयोजक संग कुरा आयोजकका तर्फ बाट भरत शाहीले 'आयोजकले केही गल्ती गरेको छ भने कहाँ उजुरी गर्नुहुन्छ गर्नुस र यो बारे सामाजिक सन्जालमा नेक्सस कप र क्रीकेट एकेडेमीको नाम जोडेर जति पनि पोस्ट भए त्यो बिरुद्ध विद्युतीय ऐन अनुसार कारवाही गरिपाउ भनी निवेदन दिने धम्की' दिएको बज्राचार्यले बताए ।

क्रिकेटको बिनाशमा लागेका झुण्ड

शर्माले नेपाली क्रिकेट समर्थक समाजलाई 'क्रिकेटको विकास नभई बिनाश गर्न' लागि परेको एक झुण्ड भएको संज्ञा दिए । उनले एनसीएसएसले हरुवाको छेरुवा प्रबित्ति देखाएको भन्दै कहिँ कतै विवाद नभएको दाबी गरे ।

 

खेलप्रेमीको आक्रोश

नेपाली क्रिकेट समर्थकको एक मात्र आधिकारिक संस्था एनसीएसएसमा आबद्द खेल प्रेमीहरुले यस बिषयमा आक्रोश पोखेका छन् । उनीहरुले यसरी अव्यवस्थित तरिकाले प्रतियोगिता संचल गर्दा खेलाडीको मनोबल घट्ने र उनीहरुमा निराशा जगाउने चिन्ता व्यक्त गरेका छन् । उनीहरुले आयोजकले ५४ लाखको योजनाको धाक लगाएर राष्ट्रिय प्रतियोगिता झ्याली पिटिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

 

 

 

 

 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved