आईसीसीको नयाँ निर्णय: फुल मेम्बरले भन्दा एसोसिएटहरुले धेरै बजेट पाउने, नेपाल बारे यस्तो निर्णय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 27, 2017 | 12:44:01 PM मा प्रकाशित

laxmi  sunrise bank

बिश्व क्रिकेटको सर्बोच्च निकाय आईसीसीको ५ दिन सम्म चलेको बोर्ड र कमिटि बैठकले विभिन्न ऐतिहासिक निर्णयहरु गरेको छ । शक्तिशाली मानिएको भारतीय क्रिकेट बोर्डको बिरोधका बीच ति निर्णयहरु बहुमतले पारित भएका हुन् 

आम्दानी बाँडफांडको बिषयमा नयाँ प्रस्ताव भएको छ  । जस अनुसार सन् २०१६ देखि २०२३ को अबधिमा भरतीय क्रिकेट बोर्डले २९३ मिलियन डलर, इंग्ल्यान्ड क्रिकेट बोर्डले १४३ मिलियन डलर , जिम्बावेले ९४ मिलियन डलर र बाँकी ७ फुल मेम्बरहरुले समान १३२ मिलियन डलर प्राप्त गर्ने छन्  । त्यस्तै एसोसिएट देशहरुले २८० मिलियन डलर प्राप्त गर्ने भएका छन् । यस हिसाबमा केहि फुल मेम्बरले भन्दा एसोसिएटहरुले धेरै रकम पाउने देखिएको हो 

यसै नयाँ बिधान पनि पारीत भएको छ  । जस अनुसार हाल कायम फुल मेम्बर सदस्यको संख्या बढाउँन सकिने प्रावधान पारित भएको छ  । जस अनुसार फुल मेम्बरहरु एसोसियटमा घटुवा हुन् सक्ने र एसोसिएटहरु फुल मेम्बर बन्न सक्ने छन् । त्यस्तै अफिलिएट सदस्यता खारेज भई अब फुल मेम्बर र एसोसिएट मेम्बर गरी दुई प्रकारको सदस्यता मात्र राख्ने सब्हमति भएको छ  । स्वतन्त्र महिना डाईरेक्टर रहने, सबै बोर्ड मेम्बरको बराबर भोटिंग हक रहने, सबै सदस्य राष्ट्रहरुले साधारण सभामा भाग लिन पाउने लगायतका प्रावधान पारित भएका छन्  । सन् २०२० मा हुने टि २० बिश्वकपको लागि नयाँ छनौट प्रक्रिया अबलम्बन गरिने भएको छ ।

साथै आईसीसीले आर्थिक पारदर्शितालाई निक्कै कडाइका साथ पालना गर्ने बताएको छ । साथै नेपालको बोर्ड क्यान निलम्बनमा रहेकाले राष्ट्रिय टोलीमा अनुबन्धन भएका खेलाडीको बाँकी तलब भुक्तानी गर्ने निर्णय पनि भएको छ ।

अब यी निर्णयलाई कार्यन्वयनको लागि जुनमा हुने आईसिसिको फुल काउन्सिल बैठकमा पेश गरिने छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved