म्यानचेस्टर डर्बी आज : गार्डीओला र मोरिन्होको प्रतिष्ठाको लडाई, नजर च्याम्पियन्स लिगमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 27, 2017 | 05:55:58 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बहु प्रतिक्षित म्यानचेस्टर डर्बी हुदै छ । शिर्ष क्लबहरु म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाईटेडबीचको खेल नै  म्यानचेस्टर डर्बी हो ।

हाल युनाईटेडका म्यानेजर मोरिन्हो छन् भने सिटीका म्यानेजर गार्डीओला छन्  । यिनीहरु दुवै यहि सिजनमा क्लबमा आबद्द भएका हुन्  । 

यी दुई बीच स्पेनको ला  लिगा देखि नै कटुतापूर्ण सम्बन्ध रहेको देख्न सकिन्छ  । रियल म्याड्रिड र बार्सिलोनाबीच उपाधि होड चलिरहँदा यी दुई नै ति क्लबका म्यानेजर थिए  । गार्डीओलाले बार्सिलोना सम्हालेका थिए भने मोरिन्होले रियल म्याड्रिड  । 

हाल अंक तालिकामा सिटी ६४ अंक सहित चौथो स्थानमा छ भने युनाईटेड ६३ अंक सहित पाचौ स्थानमा छ । आजको खेलले आगामी सिजनको च्याम्पियन्स लिगमा कुन टोली पुग्ने छ भन्ने कुराको पनि निर्धारण गर्न सक्छ । यहि कारण पनि आजको खेल म्यानेजरको लागि पनि प्रतिष्ठाको लडाईको रुपमा लिन सकिन्छ । 

आजको खेलको लागि सिटीकका डेभिड सिल्भा उपलब्ध छैनन् भने युनाइटेडका पल पोग्बा र इब्राहिमोबीच उपलब्ध छैनन् । 

खेल नेपाली समय अनुसार राती १२:४५ बजे सुरु हुनेछ । यस अघिको डर्बीमा सिटी २-१ ले बिजयी भएको थियो  । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved