नेपाली क्रिकेट खेलाडीले १५ महिना देखि रोकिएको तलब पाउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 27, 2017 | 07:41:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली क्रिकेट खेलाडीले १५ महिना यता देखि बाँकि रहेको तलब पाउने भएका छन। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बोर्ड बैठकले नेपाली खेलाडीको रोकिएको पछिल्लो १५ महिनाको तलब उपलब्ध गराउने निर्णय गरेको हो।

दुबईमा बसेको आईसीसीको डेभलपमेन्ट कमिटी बैठकले नेपाल क्रिकेट संघ, क्यान विवाद समाधानतर्फ जाँदै गरेको कारण नेपाली क्रिकेट खेलाडीलाई तलब उपलब्ध गराउने प्रस्ताब स्वीकृत गरेको हो। क्यान निलम्बनमा परेपछि आईसीसीले नेपाली खेलाडीको तलब रोकेको थियो ।

'क्यान निलम्बनमा छ र उक्त निलम्बन फुकुवा समाधानतर्फ गैरहेको छ। जस कारण आईसीसी नेपाली राष्ट्रिय खेलाडीलाई तलब उपलब्ध गराउन सहमत भएको छ, बिज्ञप्तिमा उल्लेख छ। 

क्यानमा सरकारी हस्तक्षेप बढेको भन्दै आइसीसीले गत २०७३ वैशाखमा क्यानलाई निलम्बन गर्ने निर्णय गरेको हो। क्यान निलम्बनमा परेसंगै उसको बैंक खाता रोक्का रहेको थियो। 

क्यान विवाद समाधान गर्न आइसीसीले गत कात्तिकमा क्यानको पूर्वअध्यक्ष विनयराज पाण्डे र व्यवसायी वसन्त चौधरीको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको थियो । हाल उक्त कमिटीले क्यान विवाद मिलाउन कामहरु गर्दै आएको छ ।

क्यान निलम्बनमा परेपनि नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसिसिको अनुमतिमा अन्तर्राष्ट्रिय खेलहरु भने खेल्दै आएको छ। निलम्बनमा परे पश्चात नेपाली क्रिकेट टोलिले २ चरणका ४ खेल खेलिसकेको छ।        

यो पनि:

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved