पाकिस्तानले भारत संग माग्यो ४४७ करोड क्षतिपूर्ति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 07, 2017 | 03:10:08 PM मा प्रकाशित

laxmi  sunrise bank

खेलकुद क्षेत्रमा सर्बाधिक दर्शकहरुको ध्यान तान्ने खेल मध्येको एक हो भारत र पाकिस्तानबिचको क्रिकेट खेल । यी दुई टोलीबीचको खेलमा करोडौ खेलप्रेमीको ध्यान जान्छ   । तर यी दुईबीच लामो समयदेखि द्पक्षीय खेल हुन् सकेको छैन  । 

भारत र पाकिस्तानको क्रिकेट बोर्डले सन् २०१४ देखि २०२३ सम्मको अवधिमा ६ द्विपक्षीय सीरीज खेल्ने सम्झौता गरेको थियो । तर दुई देशबीचको तनाव तथा कटु सम्बन्धका कारण खेल हुन् सकिरहेको छैन । यस्तो अवस्थामा भने पाकिस्तानले सिरिज नखेल्दा आफ्नो देशको क्रिकेट बोर्ड पिसिबीलाई करोडौ घाटा भएको भन्दै भारतीय क्रिकेट बोर्डसंग क्षतिपूर्ति माग गरेको छ  । 

एक पत्र पठाएर पिसिबीले आफुलाई खेल नहुदा झन्डै ७ करोड अमेरिकी डलर नोक्सान भएको भन्दै ४४७ करोड क्षतिपुर्ती माग गरेको हो  । भारतले उक्त पत्र मई ३ मा प्राप्त गरेको हो  ।  अब भारतले ७ दिन भित्र पाकिस्तानलाई जवाफ पठाउनु पर्छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved