च्याम्पियन्स लिगमा आज म्याड्रिड डर्बी हुदै, फाइनल खेल्ने टोलीको टुंगो लाग्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 10, 2017 | 05:15:44 PM मा प्रकाशित

laxmi  sunrise bank

च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दोस्रो सेमिफाइनलको दोस्रो लेगको खेल हुदै छ । आजको खेलमा गत सिजनका दुई फाइनालिस्ट रियल म्याड्रिड र एथलेटिको म्याड्रिड भिड्दै छन् ।

एथलेटिको म्याड्रिडको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार रति १२:३० बजे सुरु हुनेछ  । पहिलो लेगको खेलमा रियल म्याड्रिडले एथलेटिको म्याड्रिडलाई ३-० गोल अन्तरले पराजित गरेको थियो  । पहिलो लेगमा ३ गोलको अग्रता लिएकै कारण रियलको फाइनल पुग्ने सम्भावना बलियो रहेको छ  ।

च्याम्पियन्स लिगमा यी दुई टोली ८ पटक आमने सामने भएका छन्  । जस मध्ये रियलले ५ खेल जितेको छ भने एथलेटिकोले १ खेल मात्र जितेको छ  । एक खेल भने बराबरी भएको थियो  ।

ला लिगामा भने यी दुई टोली १६० पटक भिडेका छन्  । जस मध्ये रियलले ८६, एथलेटिकोले ३९ खेल जितेको छ भने बाँकी ३५ खेल बराबरीमा टुंगिए । 

गत सिजनको फाइनलमा रियल म्याड्रिडले एथलेटिको म्याड्रिडलाई पेनाल्टीमा ५-४ ले पराजित गरेर उपाधि जितेको थियो  । 

रियल ११ उपाधि सहित प्रतियोगिताको सर्बाधिक सफल टोली हो  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved