सर्बाधिक राशिको क्रिकेट प्रतियोगिता जेठ ८ देखि, हेर्नुस कति छ पुरस्कार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 11, 2017 | 12:28:48 PM मा प्रकाशित

laxmi  sunrise bank

तस्विर: एनसीएसएस 

जेठ दोस्रो साताबाट सर्वाधिक राशीको क्रिकेट प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको हो । 

प्रतियोगिता त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जेठ ८ गतेदेखि २४ गतेसम्म चल्ने छ ।  प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीले सहभागिता जनाउने छन्।सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ र शीर्ष दुई टोली अघिल्लो चरणमा पुग्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी सबै खेलाडीको अनलाइन रजिस्ट्रेशन हुने छ भने विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँग हुने खेलका लागि नेपाली टोली छनौटको आधारसमेत यस प्रतियोगितालाई बनाइने छ । 

पुरस्कार:

प्रतियोगिताको उपाधि विजेताले २० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १० लाख पाउने छ । सेमिफाइनलमा पुग्ने  दुई टिमले पनि ५०-५० हजार पाउनेछन् । साथै हरेक खेल जित्दा टिमले २५ हजार रुपैयाँ पाउनेछ ।

प्रतियोगिताको म्यान अफ दि सिरिजले १ लाख प्राप्त गर्ने छ । उत्कृष्ट ब्याट्सम्यान र बलरले ५०-५० हजार पाउनेछन् भने उदयीमान खेलाडीले २५ हजार पाउनेछ ।

धनराशिका हिसाबमा धनगढी प्रिमियर लिग (डीपीएल) नेपालको सबैभन्दा ठूलो प्रतियोगिता थियो । वैशाख ९ मा धनगढीमा सम्पन्न डीपीएल विजेता टिम चौराह धनगढीले १५ लाख र उपविजेता विराटनगर किंग्सले ७ लाख रुपैयाँ पाएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved