आइपिएल क्रिकेटको फाइनल आज, मुम्बईलाई तेस्रो उपाधि जित्दै इतिहास रच्ने अवसर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 21, 2017 | 05:06:37 PM मा प्रकाशित

laxmi  sunrise bank

बहु चर्चित इन्डियन प्रिमियर लिग आईपिएल् क्रिकेट प्रतियोगिताको उपाधि छिनोफानो आज हुदै छ । आज राती ८ बजे हुने  फाइनल खेलमा मुम्बई इन्डियनस र राईजिंग पुने सुपर जयन्टले प्रतिस्पर्धा गर्ने छन् ।

मुम्बई रोहित शर्माको कप्तानीमा छ भने पुने अस्ट्रेलियन क्रिकेटर स्टिभ स्मिथको कप्तानीमा रहेको छ । यस सिजन समुह चरणका १४ मध्ये १० खेलमा जित हात पार्दै शिर्ष स्थान रहेर मुम्बई प्ले अफमा प्रवेश गरेको हो तर पहिलो क्वालिफायरमा पुने संग पराजित भएपछि दोस्रो क्वालिफायरमा कोलकातालाई हराएर मुम्बईले फाइनलमा स्थान पक्का गरेको हो पुने भने समुह चरणका ९ खेल जित्दै दोस्रो स्थानमा रहेर प्ले अफ प्रवेश गरेको  हो   पूणेले लिग चरणको दुवै खेल र फाइनल प्रवेशका लागि भएको क्वालिफायरमा मुम्बईलाई पराजित गरेको हो  

यस अघि २ उपाधि जितेको मुम्बईले आजको खेल जित्दै ३ पटक उपधि जित्ने पहिलो टोली बनेर इतिहास बनाउने दाउमा छ उता पुने भने पहिलो उपाधिको खोजिमा हुने छ मुम्बई आइपिएलमा तेस्रो पटक फाइनलमा पुगेको हो भने पूणे आइपिएलमा समावेश भएको दोस्रो वर्षमा फाइनल प्रवेश गरेको हो।  मुम्बईले २०१३ र २०१५ मा उपाधि जितेको थियो भने २०१० मा उप बिजेता मै सिमित बनेको थियो  । 

खेल गत सिजनको च्याम्पियन हैदरावादको घरेलु मैदानमा हुने छ  । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved