युरोपा लिग जित्दै म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लिगमा छनौट भएपछि लिभरपुर र आर्सनल तनावमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 25, 2017 | 12:25:34 PM मा प्रकाशित

laxmi  sunrise bank

युरोपा लिगको उपाधि जित्दै म्यान्चेस्टर युनाइटेडले च्याम्पियन्स लिगको अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान सुरक्षित  गरेको छ  । युनाइटेडले गएरातिको फाइनलमा डच टोली आयक्सलाई २-० गोल अन्तरले पराजित गर्दै लिगमा स्थान पक्का गरेको हो ।

युनाइटेडलाई १८औं मिनेटमा पाउल पोग्वाले गोल  अग्रता दिलाएका थिए  । पहिलो हाफमा १-० ले अघि रहेको युनाइटेडले दोस्रो हाफमा अर्को गोल थप्यो  । दोस्रो हाफको तेस्रो मिनेटमा स्मलिङको पासमा एमखितार्यनले गोल गर्दै   जित सुनिश्चित गरे ।  

लिगको छैटौं स्थानमा रहँदै इंग्लिस पि्रमियर लिग सकाएको युनाइटेड युरोपा लिगको बिजेताको रुपमा च्याम्पियन्स लिगमा छनौट भएको छ । 

अब आगामी सिजनको च्याम्पियन्स लिगमा प्रिमियर लिगबाट चेल्सी, टोटनहम, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र लिभरपुलले सहभागिता जनाउने छन्  । प्रिमियर लिगमा चौथो स्थानमा रहे पनि लिभरपुलले छनौट चरण पार गरेर मात्र च्याम्पियन्स लिग खेल्न पाउने छ  । उता पाचौ स्थानमा रहेर लिग सकाएको आर्सनलले भने अब च्याम्पियन्स लिग खेल्न नपाउने भएको छ  ।

यूएफाले सन् २०१४ मा ल्याएको नयाँ नियम अनुसार युरोपा लिगको बिजेताले च्याम्पियन्स लिगमा सिधै स्थान बनाउने छ  । यहि आधारमा म्यानचेस्टर युनाइटेड लिगमा छैठौ भएपनि च्याम्पियन्स लिगमा स्थान पक्का भएको हो    । एक लिगबाट सर्बाधिक ५ टोली च्याम्पियन्स लिगमा छनौट हुने पाउने नियम अनुसार आर्सनल पछि परेको हो   । यदि म्यानचेस्टर युनाइटेडले युरोपा  लिग नजितेको भए आर्सनल छनौट चरण पार गर्दै च्याम्पियन्स लिगमा सहभागिता जनाउने थियो   । अब आर्सनलले अर्को सिजनको युरोपा लिग खेल्ने छ  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved