क्रिकेटको मिनी बिश्वकप 'च्याम्पियन्स ट्रफी' बिहिबारबाट, यस्तो छ खेल तालिका र टोली

भारत पाकिस्तानको मुकाबला आइतबार
मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 31, 2017 | 04:27:27 PM मा प्रकाशित

laxmi  sunrise bank

क्रिकेटको मिनी बिश्वकपको रुपमा चिनिएको च्याम्पियन्स ट्रफी बिहिबार देखि सुरु हुदैछ । प्रतियोगिताको ८ औ संस्करण जुन १ देखि जुन १८ सम्म इंग्ल्यान्ड र वेल्समा हुन् लागेको हो । 

एक दिबशीय क्रिकेट बरियतामा ३० सेप्टेम्बर २०१५ को मितिमा शिर्ष ८ स्थानमा रहेका ८ टोलीलाई २ समुहमा बिभाजन गरेर प्रतियोगिता खेलाइने छ । जस अनुसार समुह एमा अस्ट्रेलिया, न्युजील्याण्ड, इंग्ल्यान्ड र बंगलादेश छन् । त्यस्तै समुह बिमा भारत , पाकिस्तान, श्रीलंका र साउथ अफ्रीका छन् । वेस्ट इन्डिज पहिलो पटक प्रतियोगिताबाट बाहिर छ । 

भारत प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । भारतले सन् २०१३ मा भएको अन्तिम प्रतियोगितामा इंग्ल्यान्डलाई ५ ४न्ले पराजित गरेर उपाधि जितेको हो  । 

प्रतियोगितालाई सन् २००२ देखि च्याम्पियन ट्रफी भनिन थालेको हो  । त्यस अघि यस प्रतियोगितालाई आईसीसी नक आउट ट्रफी भनिन्थ्यो  । भारत र अस्ट्रेलियाले समान २ पटक उपाधि जितेका छन्  । भारत एक पटक श्रीलंकासंग सामुहिक रुपमा बिजयी भएको थियो  

यस्ता छ बिहिबार देखि सुरु हुने प्रतियोगिताको खेल तालिका  । सबै खेल नेपाली समय अन्सुअर दिउँसो ३:१५ बजे सुरु हुनेछ  । खेलको स्टार स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्ने छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved