च्याम्पियन्स ट्रफी: एलेक्स र रुटको शानदार पारिको मद्दतले आयोजक इंग्ल्याण्डलाई पहिलो सफलता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 02, 2017 | 08:56:02 AM मा प्रकाशित

laxmi  sunrise bank

च्याम्पियन्स ट्रफीमा आयोजक इंग्ल्याण्डलाई पहिलो सफलता हात लागेको छ। च्याम्पियन्स ट्रफी अन्तर्गत इंग्ल्याण्डको केनिग्टन स्टेडियममा भएको पहिलो खेलमा आयोजक इंग्ल्याण्डले बंगलादेशलाई पराजित गरेको हो। 

टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३०५ रन जोड्यो। तामिम इकबाल १२८ र मुश्फीकुर रहिम ७९ रनको शानदार पारिको मदतले बंगलादेशले इंग्ल्यान्डसामु सम्मान जनक लक्ष्य प्रस्तुत गरेको हो। 

३०६ रनको लक्ष्य पछ्याउंदै मैदानमा उत्रिएको इंग्ल्याण्डले २ विकेटको क्षतिमा नै लक्ष्य हासिल गर्न सफल रह्यो। इंग्ल्याण्डका ब्याट्सम्यान एलेक्स हेल्स र जो रुटको शानदार पारिको मद्दतले इंग्ल्याण्डले पहिलो जित हात पार्यो। 

इंग्ल्याण्डका लागि जो रुटले नटआउट १३३ रन बनाए। उनले ११ चौका र १ छक्का प्रहार गरे। त्यस्तै इयान मोर्गनले नटआउट ७५ रन जोडे। इंग्ल्याण्डको लागि यो जित सुखद बनेको छ। इंग्ल्याण्डको घरेलु मैदानमा भएको खेलमा पहिलो जितले उसको आगामी प्रदशनलाई बलियो बनाउन मदत पुगेको छ। 

अहिलेसम्म प्रतियोगिता जित्न नसकेको आयोजक इंग्ल्याण्डको लागि घरेलु मैदानको लाभ हुने छ। अहिलेसम्म उपाधि जित्न नसकेको इंग्ल्याण्ड यस बर्षको च्याम्पियन्स ट्रफी जित्ने दौडमा रहेको छ। च्याम्पियन्स ट्रफी अन्तर्गतको दोस्रो खेल न्युजिल्यान्ड र अष्ट्रेलियाबीच नेपाली समय अनुसार ३ बजेर ३५ मिनेट मा सुरु हुने छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved