यस्ता छन पाकिस्तानको लज्जास्पद हारको ५ कारण, वनडेमा भारत-पाकिस्तानको समान जित (विश्लेषण)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 05, 2017 | 09:43:46 AM मा प्रकाशित

laxmi  sunrise bank

च्याम्पियन ट्रफी २०१७ मा भारतले पाकिस्तानलाई १२४ रनको फराकिलो अन्तरले पराजित गरेको छ। यस प्रतियोगिता मध्य कै रोमान्चक र प्रतिस्पर्धी मानिएको यस खेलमा भारतसामु पाकिस्तानी खेलाडी निरिह देखिए। 

पहिले ब्याटिंग गरेको भारतले ४८ ओभर खेल्दै ३ विकेटको क्षतिमा ३१९ रन जोड्यो। ३२० रनको लक्ष्य पछ्याएको पाकिस्तान १६४ रनमा नै अल आउट हुन् पुग्यो। भारत र पाकिस्तानबीच च्याम्पियन्स ट्रफी अन्तर्गत भएको ४ खेलमा यो भारतको दोस्रो जित हो। यससंगै भारतले ४६० औ एक दिवसीय खेल जितेको छ।  सबै भन्दा बढी वनडे जित्नेको सुचीमा अष्ट्रेलिया छ। अस्ट्रेलियाले ५५४ पटक वनडे जितेको छ भने भारत र पाकिस्तानले समान ४६० पटक एक दिवसिय खेल जितेका छन। 

पाकिस्तान बिरुद्दको खेलमा एकै खेलमा भारतका ४ जना खेलाडीले अर्धसतक प्रहार गरेको यो पहिलो पटक हो। रोहित शर्माले ९१, शिखर धवनले ६८, बिराट कोहली ८१ र युवराज सिंहले ५३ रन प्रहार गरे ।    


बर्षातका कारण दुई पटक बदलियो पाकिस्तानको लक्ष्य 

भारतले ४८ ओभरमा ३ विकेटको क्षतिमा ३१९ रन जोड्यो। तर डकवर्थ लुईस नियम डकवर्थ लुईस नियम अनुसार पाकिस्तानलाई पहिले ४८ ओभरमा ३२४ रन को लक्ष्य मिल्यो भने दोस्रो पटक ४१ ओभरमा २८९ को नयाँ लक्ष्य मिल्यो। 


च्याम्पियन्स ट्रफीमा २-२ जित 

प्रतियोगितामा भारत र पाकिस्तानको रेकर्ड बराबर भएको छ। अहिले सम्म भएको प्रतियोगितामा दुवै टिमले २-२ खेल जितेका छन। भारतले २०१३ को च्याम्पियन्स ट्रफीमा डकवर्थ लुईस नियम अनुसार पाकिस्तानलाई ८ विकेटले पराजित गरेको थियो। त्यस्तै पाकिस्तानले २००४ र २००९ मा च्याम्पियन्स ट्रफी जितेको थियो।


पाकिस्तानी फिल्डर्स ३ महत्त्वपूर्ण क्याचबाट चुके 

यस खेलमा पाकिस्तानी खेलाडीले निकै खराब र कम्जोर प्रदशन गरे। उनीहरुले ३ महत्वपूर्ण क्याच गर्न चुके। धवनको क्याच ५० रनमा चुक्यो उनले ६८ रन बनाए। युवराज सिंह जब ८ रनमा थिए त्यसबेला हसन अलिले उनको क्याच छोडे। त्यस्तै बिराट कोहली ४३ रनको नजिक हुँदा उनको क्याच फखर जमनले छोडे । पाकिस्तानका लागि युवराज सिंह र बिराट कोहली महँगो साबित भए। 


अन्तिम ओभरमा भारतले बनायो ७७ रन 

भारतीय ब्याट्सम्यान विराट, युवराज र हार्दीक पाण्डेले अन्तिम ओभरमा तिब्ररुपमा रन जोडे। ४४ ओभरमा ५, ४५ ओभरमा १७ , ४६ ओभरमा २१, ४७ ओभरमा ११ र ४८ ओभरमा अर्थात् अन्तिम ओभरमा २३ रन बनाए। 


हार्दिक पाण्डेले अन्तिम ओभरमा ३ छक्का प्रहार गरे 

अलराउन्डर हार्दिक पाण्डेले यस खेलमा मात्र ६ बल खेल तर २० रन जोडे। उनले नटआउट हुँदै इमाद वसिमको अन्तिम ओभरमा पहिलो ३ बलमा ३ छक्का प्रहार गरे। अन्तिम ओभरमा भारतले २३ रन जोड्यो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved