मैत्रीपूर्ण खेलमा नेपाल र भारत भिड्दै, यस्तो छ मैदान उत्रने नेपालको सुरुवाती टोली

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 06, 2017 | 05:42:45 PM मा प्रकाशित

laxmi  sunrise bank

मैत्रीपूर्ण खेलमा आज नेपाली राष्ट्रिय फुटबल टोलीले भारतको सामना गर्दै छ ।खेल मुम्बईको अन्धेरी स्पोटर्स स्टेडियममा साँझ खेलिनेछ । भारत अहिले एसिया कपको तयारीमा छ भने नेपाली टोली सन् २०१९ मा आयोजना हुने एसियाली फुटबल महासंघ (एएफसी) एसिया कप छनोट प्रतियोगिताको तयारीमा रहेको छ ।

नेपालले पछिल्लो पटक सन् २०१५ को डिसेम्बरमा भाएको दक्षिण एसियाली खेलकुद (साग) मा भारतसँग प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपालले भारतलाई ४-१ गोलले हराउँदै स्वर्ण पदक जितेको थियो ।

फिफा वरीयतामा समेत भारत एक सयौं स्थानमा छ भने नेपाल एक सय ६९औं स्थानमा छ। खेल नेपाली समय अनुसार बेलुका सवा सात बजे सुरु हुनेछ । खेल स्टार स्पोर्ट्समा लाइभ हेर्न सकिने छ । 

यस्तो छ भारत बिरुद्द मैदान उत्रने नेपालको सुरुवाती ११ । 

किरण लिम्बु, बिराज महर्जन, अनन्त तामांग, आदित्य चौधरी, कमल श्रेष्ठ, सुजल श्रेष्ठ, रोहित चन्द, अन्जन बिष्ट, हेमन गुरुङ, बिमल घर्ति मगर, नवयुग श्रेष्ठ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved