प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधिको लागि पुलिस र आर्मी भिड्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 07, 2017 | 04:35:59 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रथम प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिको लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्ने भएका छन् । फाइनल खेल भोलि बिहिबार  बिहान ९ः०० बजे  कीर्तिपुरस्थित त्रिवी मैदानमा सुरु हुनेछ । 

 त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा मध्यमाञ्चल विकास क्षेत्रलाई चार विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । त्यस्तै नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । 

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब अपराजित छ । समूहचरणको खेलमा तीन खेल खेलेको आर्मीले तीन खेलमा नै जित हासिल गर्यो । आर्मीले पहिलो खेलमा पूर्वाञ्चल विकास क्षेत्रलाई– ९ विकेटले दोस्रोमा  सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई आठ विकेटले र तेस्रोमा नेपाल पुलिस क्लबलाई सात विकेटले पराजित गर्यो ।


 नेपाल पुलिस क्लबले भने दुई खेलमा जित तथा एक खेलमा हार बेहोर्यो । पुलिसले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई सात विकेट र पूर्वाञ्चल विकास क्षेत्रलाई नौ विकेटले पराजित गर्यो । आर्मीसँग भने पुलिस ७ विकेटले पराजित भयो ।

सर्बाधिक पुरस्कार राशी रहेको यस प्रतियोगिताको विजेता टोलीले रु २० लाख प्राप्त गर्नेछ भने उपविजेताले रु १० लाख प्राप्त गर्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved