२ बर्ष अघि बिश्वकपको फाइनल खेलेका दुवै टोली च्याम्पियन्स ट्रफीको समुह चरण बाटै आउट

समुह बि मा सबै टिमको सेमिफाइनल पुग्ने र बाहिरिने सम्भावना कायमै
मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 11, 2017 | 01:36:14 PM मा प्रकाशित

laxmi  sunrise bank

२ बर्ष अघि बिश्वकपको फाइनल खेलेका दुवै टोली च्याम्पियन्स ट्रफीको समुह चरण बाटै बाहिरिएका छन्  । सन् २०१५ को एक दिबशीय बिश्वकपमा न्युजिल्यान्ड र अस्ट्रेलिया भिडेका थिए जसमा अस्ट्रेलियाले उपाधि जितेको थियो  । तर त्यसको २ बर्षपछि भएको च्याम्पियन्स ट्रफीमा यी दुवै टोलि समुह चरणबाट नै बाहिरिएका छन्  ।

समुह एमा रहेका यी दुवै टोली सेमिफाइनल प्रवेश गर्न असफल भएका हुन्  । यस अमुहबाट इंग्ल्यान्ड र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेका छन्  । इंग्ल्यान्डले आफ्नो सबै खेल जित्दै ६ अंक सहित समुह बिजेताको रुपमा सेमिफाइनल प्रवेश पाएको हो   । त्यस्तै बंगलादेशले १ मा जित १ मा हार र १ मा नतिजा नआएपछि ३ अंक सहित समुहमा दोस्रो बन्दै सेमिफाइनल प्रवेश गरेको हो   । बंगलादेशले न्युजिल्यान्डलाई पराजित गरेको हो भने इंग्ल्यान्डसंग पराजय भोगेको हो । वर्षाका कारण अष्ट्रेलियासंगको खेल स्थगित भएपछि दुवैले समान १-१ अंक बाडेका हुन्  । अस्ट्रेलिया २ अंक जोड्दै अ न्युजील्याण्ड १ अंक जोड्दै समुहमा क्रमश तेस्रो र चौथो हुदै समुह चरणबाट नै बाहिरिएका हुन्  ।

उता समुह बिमा सबै टोलीको सेमिफाइनल पुग्ने र समुहचरणबाट नै बाहिरिने सम्भावना उत्तिकै छ  । समुह बिमा भारत , पाकिस्तान , श्रीलंका र दक्षिण अफ्रीका छन्  । सबैको १ खेल खेल्न बाँकी छ भने सबैको हाल समान २-२ अंक छ  । साबि टोलीले १ मा जित र एकमा हार बहोरेका छन्  ।

आज भारत र दक्षिण अफ्रीका भिड्दै छन्  । यस खेलको बिजेता टोली सेमिफाइनलमा पुग्ने छ भने पराजित हुने टोली बाहिरिने छ  । त्यस्तै भोली पाकिस्तान र श्रीलंका भिड्दै छन्  । यस खेलको पनि बिजेता टोली सेमिफाइनलमा पुग्ने छ भने पराजित हुने टोली बाहिरिने छ  ।  समुह बिका यी दुवै खेल अघोषित क्वाटरफाइनल झैँ भएको छ   ।

फाइनल खेल असार ४ गते आइतबार हुने छ    ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved