६ देशका टिम सहभागी एसियन प्रिमियर लिग नेपालमा हुने, यस्ता छन् टिम, कप्तान र पुरस्कार राशी

सोमबार अक्सन, अक्सनमा सहभागी हुन् जो कोहिले निवेदन दिने सक्ने, हेर्नुस प्रतियोगिताको प्रोमो
मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 11, 2017 | 03:18:53 PM मा प्रकाशित

laxmi  sunrise bank

एसियाका ६ वटा देशका टिम सहभागी हुने एसियन प्रिमियर लिग ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको पहिलो संस्करण नेपालमा हुने भएको छ । प्रतियोगितामा नेपालसहित भारत, अफगानिस्तान, दुबई, श्रीलंका र बंगलादेशका टोली सहभागी हुनेछन् । हरेक टिममा एक अन्तर्राष्ट्रिय खेलाडी हुने छ  । लिग चरणमा उत्कृष्ट ४ टिम सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताका सबै १९ वटा खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् । सबै खेलको सोनी सिक्स टेलिभिजनले खेलको प्रत्यक्ष प्रसारण गर्नेछ ।

कुन कुन हुन् टोली र तिनका कप्तान  ? 

टिम                                        कप्तान 

इन्डियनस स्टारस                      तिलकरत्ने दिलषन 

श्रीलंकन लायन्स                        फरवेज महोरफ 

बंगलादेश टाईगर्स                      अल आमिन हुसैन 

दुवई वोरियार्स                          अब्दुल शाकोर 

नेपाल स्ट्रोम                            स्वप्निल पाटिल

अफगानीस्तान बुल्स                 राना नबिल उल हुसैन

बाँकी खेलाडी भने अक्सन मार्फत आउने छन्  ।

पुरस्कार 

प्रतियोगिताको कुल पुरस्कार रकम ४० लाख रहेको छ । जसमा बिजेताले २५ लाख , उप बिजेताले १५ लाख र तेस्रो हुनेले ५ लाख पाउने छ  । 

म्यान अफ द म्याच : १५ हजार भारतीय रुपियाँ   

मस्त भ्यालुएबल प्लेयर : मोबाइल  

म्यान अफ दि सिरिज : कार  

  बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर, र वेस्ट विकेट किपर र बेस्ट दर्शकमधेबाट बेस्ट इन्टरटेनरले पनि पुरस्कार पाउने छ   प्रतियोगिता असार ५ गते सुरु हुनेछ भने फाइनल खेल असार १९ गते हुने छ  । असार २० गते रिजर्भ डे रहेको छ  । 

भोली सोमबार प्रतियोगिताको अक्सन हुने छ । अक्सन पनि सोनी सिक्सले लाइभ गर्ने छ । तपाई भने आफ्नो नाम अक्सनको लागि दिन चाहनु हुन्छ भने सय डलर शुल्क सहित यहाँ क्लिक गरेर आफ्नो निबेदन दिन सक्नु हुन्छ ।


हेर्नुस प्रतियोगिताको प्रोमो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved