एसियन प्रमियर लिगबारे राखेप सदस्य सचिवको ठाडो जवाफ, भन्छन् 'बिदेशीसंग किन अनुमति लिने'?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 12, 2017 | 02:54:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा हुन लागेको एसियन प्रिमियर लिग ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको आधिकारिताबारे अनेकौ प्रश्नहरु उब्जिरहेको बेला राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले यसबारे अनाबश्यक चासो नराख्न आग्रह गरेका छन्  उनले यस प्रतियोगिताले नेपाललाई फाइदा नै फाइदा  हुने बताउदै प्रतियोगिताबारे अनावश्यक चासो राखेर प्रतियोगिता असफल पार्न तिर लाग्न नहुने बताएका हुन्   

प्रस्तुत छ यसै बिषयमा आधारित रहेर बिजपाटीले सदस्य सचिव केशव कुमार बिष्टसंग गरेको छोटो कुराकानी ।

एसियन प्रिमियर लिगलाई आईसीसी/एसीसीले अनुमति दिएको छ कि छैन ?

-आईसीसी/एसीसीको अनुमति किन चाहियो ? खेल नेपालमा हुदैछ, अनुमति चै बिदेशीको लिनु पर्ने ? कसले भन्यो आईसीसी/एसीसीको अनुमति लिनु पर्छ भनेर ? आईसीसी/एसीसीको अनुमति लिनु पर्छ भने भ्रम फैलाईएको छ । त्यो गलत हो । खेल नेपालमा हुन लागेको छ । अनुमति दिने निकाय राखेप हो । यसमा राखेपले अनुमति दिएको छ ।

आईसीसी/एसीसीको अनुमति बिना प्रतियोगिता गर्न मिल्छ र ?

-यस बिषयमा धेरै चासो नाराखौ । प्रतियोगिताले नेपाललाई हुने फाइदा हेर्नु पर्छ । ठुलो मात्रामा लगानी नेपाल आउदै छ  । यस प्रतियोगिताबाट नेपालको ग्राहस्थ उत्पादनमा वृद्धिदेखि लिएर अनेकै फाइदा छ । हामीलाई धेरै टाउको दुखाउनु छैन । अनाबश्यक चासो राखेर प्रतियोगिता असफल पार्न तिर नलागौ । हामी (राखेप)ले मैदान भाडामा दिन लागेका हौ, यसको लागि आयोजकबीच सम्झौता भएको छ ।  पत्रकारसाथीहरुले अरु चासो नाराखौ  ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले आईसीसीले अनुमति नदिएसम्म नेपाली क्रिकेटरहरुले खेल्न नमिल्ने बताउनु भएको छ नि त् ?

-यस बिषयमा जगत टमाटा को हो ? नेपालको राष्ट्रिय टोलीले प्रतियोगिता खेल्न लागेको होइन। नेपालले प्रतियोगिता गरेको पनि हैन । यहाँ प्रशिक्षकको कुनै पनि सम्बन्ध छैन । जगत टमाटा पनि राखेपको एक जना कर्मचारी हो । कर्मचारीले आफ्नो मर्यादामा रहनु पर्छ । 

त्यसो भए नेपाली खेलाडी खेल्छन कि खेल्दैनन ? 

खेल्न मन लागे खेल्छन, मन नलागे खेल्दैनन । जबर्जस्ती गर्ने कुरा हुदैन । आज बेलुका अक्सन छ , कुन टिममा को को छन्, कसले कसले खेल्छ, सबै कुरा अक्सनमा नै थाहा हुन्छ  । 

बिगतमा पनि अन्तराष्ट्रिय स्तरमा यस्तै प्रकृतिका प्रतियोगिता हुँदा आईसीसीको अनुमति नलिएकै कारण खेलाडी प्रतिबन्ध भएका थिए नि ? अहिले पनि त्यस्तो अवस्था आउँन सक्छ नि ? 

जुन जुन खेलाडीलाई आफु प्रतिबन्धमा परिएला भन्ने डर लागेको छ, उनीहरुले प्रतियोगिता नखेल्ने । कारबाही होला भन्ने डर भए प्रतियोगिता नखेल्दा हुन्छ । 


यो पनि : 

६ देशका टिम सहभागी एसियन प्रिमियर लिग नेपालमा हुने, यस्ता छन् टिम, कप्तान र पुरस्कार राशी


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved