क्याप्टेन सरफराज 'चम्किएपछि' श्रीलंका बिरुद्द पाकिस्तानको शानदार जित, यस्तो छ सेमिफाइनल समिकरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 12, 2017 | 11:44:12 PM मा प्रकाशित

laxmi  sunrise bank

च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा क्याप्टेन सरफराज अहमद को शानदार प्रदशनको मद्दतमा पाकिस्तानले श्रीलंकालाई ३ विकेटले पराजित गरेको छ। श्रीलंकालाई पराजित गर्दै पाकिस्तान सेमिफाईनलमा पुगेको छ।

पाकिस्तानलाई श्रीलंकाले जितका लागि २३७ रनको लक्ष्य दिएको थियो। पाकिस्तानको सुरुवात ठिकै रहेपनि मध्यक्रमका ब्याट्सम्यान एकपछि अर्को धरासायी बने। त्यस पश्चात क्याप्टेन सरफराज अहमदले पारी सम्हाल्न मैदान छिरे। पाकिस्तानलाई सुरक्षित रुपमा अगाडी बढाउने क्रममा सरफराजलाई फखर जमानले आफ्नो करियरको पहिलो अर्धशतक पुरा गर्दै साथ दिए। श्रीलंकाको लागि नुवन प्रदिपले ३ र मालिंगा, लक्मल र परेराले १-१ विकेट लिए। 

श्रीलंकाका नुवन प्रदिपले पाकिस्तानलाइ १२ ओभरमा दिए पहिलो झड्का दिए। १२ औ ओभरमा प्रदिपको दोस्रो बाउन्सर बललाइ अर्धशतक प्रहार गरेका फखर जमानले बुझ्न सकेनन र क्याच आउट भए।  

पहिले ब्याटिङ गरेको श्रीलंका लागि निरोशन डिकवेलाले सर्वाधिक ७३ रन जोडे। त्यस्तै क्याप्टेन एन्जिलो म्याथ्युले ३९ रन जोडे। पाकिस्तानका लागि जुनेद खान र हसन अलिले समान ३-३ विकेट लिए भने मोहम्मद अमिर र डेब्यु फहिम असरफले समान २-२ विकेट लिए।

पाकिस्तानले अब फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नका लागि समुह ए को पहिलो नम्बरमा रहेको इग्ल्यांडसंग जुन १४ मा खेल्ने छ। त्यस्तै सेमीफाइनल अन्तर्गतको दोस्रो खेल समुह ए को दोस्रो स्थानमा रहेको बंगलादेश र समुह बिको पहिलो स्थानमा रहेको भारतबीच जुन १५ मा हुनेछ।     





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved