यमन बिरुद्दको खेलमा नेपाललाई इतिहास रच्ने मौका, पहिलो ११ मा अटाएनन बिमल घर्ति मगर

यस्ता छन् पहिले मैदान उत्रने नेपालका ११ खेलाडी
मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 13, 2017 | 02:36:11 PM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त अरब इमिरेट्स (युएई) मा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आज नेपाल र यमन भिड्दै छन् । प्रतियोगिताको छनोट चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको थियो । 

नेपालले घरेलु मैदानमा यमनसंग प्रतिस्पर्धा गर्न लागेको हो । सशस्त्र प्रहरी बलको खेल मैदान हल्चोकमा दिउँसो ३ बजे खेल सुरु हुने छ । 

नेपालले यस अघि दुई पटक यमनसंग खेलेकोमा दुवै पटक पराजित भएको थियो । सन् २००० मा एएफसी एसियन कपमै नेपाल यमनसँग ३–० गोल अन्तरले पराजित भएको थियो । यस्तै सन् २०१४ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल यमनसँग २–० गोल अन्तरले पराजित भएको थियो । 


 नेपालका मुख्य प्रशिक्षक योतुकु कोजीले यमनविरुद्धको खेलमा नेपाली टोली तयार रहेको बताएका छन् । कोजीले यमनविरुद्धको खेलमा आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गर्दै यमन गाह्रो प्रतिद्वन्द्वी रहेको टिप्पणी गरे । उक्त प्रतियोगिताको तयारीका लागि नेपालले एक साताअघि भारतसँग मैत्रीपूर्ण खेल खेलेको थियो जसमा नेपाल भारतसँग २–० गोलअन्तरले पराजित भएको थियो । 

 फिफा वरियतामा यमन नेपालभन्दा ४५ स्थान अघि छ । नेपाल १ सय ६९ औँ स्थानमा छ भने यमन १ सय २४ औँ स्थानमा छ । 

यता यमनका प्रशिक्षक इब्राहिम मेब्रातोल र कप्तान अरस मोहम्मद इब्राहिमले आफूहरु नेपालसँग खेल्न शारीरिक तथा मानसिक रुपमा तयार रहेको बताए । 

यस्ता छन् पहिले मैदान उत्रने नेपालका ११ खेलाडी   । 

गोल किपर: किरण चेम्जोङ 

डिफेन्स : विराज महाराजं, आदित्य चौधरी, अनन्त तामाङ, कमल श्रेष्ठ 

मिड फिल्ड : बिशाल राइ, सुजल श्रेष्ठ, रोहित चन्द, अन्जन बिष्ट 

फरवार्ड : भारत खवास, नवयुग श्रेष्ठ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved