पाकिस्तानको उत्कृष्ट प्रदशन सामु आयोजक इंग्ल्यान्ड स्तब्ध,च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 14, 2017 | 10:13:36 PM मा प्रकाशित

laxmi  sunrise bank

आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गतको प्रतियोगितामा पाकिस्तान फाइनलमा पुग्ने पहिलो टिम बनेको छ। आयोजक इंग्ल्यान्डलाई ८ विकेटले पराजित गर्दै पाकिस्तानले फाइनलको यात्रा तय गरेको हो। 

इंग्ल्यान्डले दिएको २१२ रनको लक्ष्य पाकिस्तानले २ विकेटको क्षतिमा ७७ बल बाँकी रहँदै भेट्टायो। पाकिस्तानका लागि अजहर अलिले सर्वाधिक ७६ रन जोडे। त्यस्तै फखर जमानले ५७ र बबर अजम ३१ तथा मोहम्मद हफिजले नट आउट ३१ रन जोडे। इंग्ल्यान्डका लागि जेक बल र अदिल रसिदले समान १-१ विकेट लिए। 

टस जितेर फिल्डिङ रोजेको पाकिस्तानले इंग्ल्यान्डलाई २११ रनमा नै अलआउट गर्यो। आयोजक इंग्ल्यान्डको आशामाथि पानि फेर्दै पाकिस्तानले आफुलाई पुन: उत्कृष्ट टिम भएको प्रमाण पेश गरेको छ। यस अघिको खेलमा पाकिस्तानले बलियो प्रतिद्वन्द्वी श्रीलंका, बंगलादेशलाई पराजित गर्यो भने भारतसंग हार बेहोर्यो। 

उपाधिका लागि पाकिस्तानले बंगलादेश र भारतबीचको बिजेता टिमसंग प्रतिस्पर्धा गर्ने छ। भारत र बंगलादेशबीचको सेमीफाइनलको खेल आइतबार हुनेछ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved