महिला क्रिकेट एकेडेमीलाई आर्थिक सहयोग हस्तान्तरण, एनसीएसएस सम्मानित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 15, 2017 | 12:29:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली क्रिकेट समर्थक समाज एनसीएसएसले महिला क्रिकेटर उत्पादन गर्ने उदेश्यले निर्माण गर्न लागिएको क्रिकेट एकेडेमीलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।  एनसीएसएसले राइजिंग क्रिकेट फर वोमेन्स (आरसीडब्लु)ले निर्माण गर्न लागेको क्रिकेट एकेडेमीलाई २७ हजार ५ सय रुपियाँ सहयोग रकम हस्तान्तरण गरेको छ ।  आरसीडब्लु राष्ट्रिय महिला क्रिकेटर आरति विडारीले संचालन गरेको क्रिकेट एकेडेमी हो  ।

एनसीएसएसले राष्ट्रिय टोलीका खेलाडी शरद भेषवाकर उपस्थित रहेको ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा आयोजित राइनो किक्रेट क्लब, युएसएको सम्मान कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको एनसीएसएसका अध्यक्ष भानु सिग्देलले जनाए । 

कार्यक्रममा भेषवाकरले क्रिकेटर महेश क्षेत्री र सगर ढकाललाई आर्थिक सहयोग प्रधान गरेका थिए  ।  त्यस्तै  राइनो किक्रेट क्लब, युएसएले आरसीडब्लुलाई ५० हजार रुपयाँ सहयोग हस्तान्तरण गरेको थियो ।  राइनो किक्रेट क्लबले एनसीएसएसलाई पनि नेपाली क्रिकेटमा दिएको योगदानको कदर गर्दै १० हजार रुपियाँको सम्मान गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved