सबै महादेशका च्याम्पियनहरु सहभागी फिफा कन्फेडेरेसन कप शनिबारदेखि,यस्तो छ खेल तालिका

पोर्चुगल , जर्मनी र चिली प्रतियोगिताका मुख्य आकर्षण
मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 16, 2017 | 01:41:25 PM मा प्रकाशित

laxmi  sunrise bank

हरेक महादेशको शिर्ष प्रतियोगिताको बिजेता सहभागी रहने फिफा कन्फेडेरेसन कप फुटबल प्रतियोगिता शनिबारबाट रुसमा सुरू हुँदैछ । प्रतियोगितामा ६ महादेशका  शिर्ष प्रतियोगिताको बिजेता, एक आयोजक र एक विश्वकप विजेता सहित आठ टोली सहभागी छन्  ।  फिफा कन्फेडेरेसन कपलाई आगामी वर्ष रुसमै हुने फिफा विश्वकपको वार्म अप प्रतियोगिताको रुपमा समेत लिने गरिएको छ । 

खेल रुसको विभिन्न चार सहरमा हुनेछ । जसमा रुसको राजधानी मस्कोको (स्पर्टक स्टेडियम), सेन्ट पिटर्सबर्ग (सेन्ट पिटर्सबर्ग स्टेडियम), कजान (काजन एरिना) र सोची (फिस्ट ओलम्पिक स्टेडियम) रहेका छन्। 

यस्ता छन् सहभागी देशहरु :

रसिया : आयोजक 

जर्मनी : बिश्वकप बिजेता 

अस्ट्रेलिया : एसियन कप बिजेता 

चिली : कोपा अमेरिका बिजेता 

मेक्सिको : उत्तर अमेरिकी महादेशीय प्रतियिगिता (कनक्याफ) बिजेता 

न्युजल्याण्ड : ओएफसी नेश्न कप बिजेता 

पोर्चुगल :युरो कप बिजेता 

क्यामरुन : अफ्रिकन नेशन कप बिजेता 

कन्फेडेरेसन कपमा सहभागी ८ राष्ट्रहरुलाई २ समूहमा विभाजन गरिएको छ ।

समूह ए : रुस , न्युजिल्यान्ड , पोर्चुगल , मेस्क्सिको  

समूह बी जर्मनी, चिली, क्यामरुन ,अष्ट्रेलिया

समूहको शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । 

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रुसले न्युजिल्यान्डको सामना गर्नेछ । रुस र न्युजिल्यान्डबीचको  खेल सेन्ट पिटर्सबर्ग स्टेडियममा नेपाली समय अनुसार राति ८ : ४५ बजे सुरु हुनेछ ।

समूह ए को खेल तालिका नेपाली समयअनुसार 

असार ३ गते – रुस र  न्युजिल्यान्ड,         समय : रातको ८ः४५ बजे
असार ४ गते – पोर्चुगल र क्सिको,       समय : रातको ८ः४५ बजे
असार ७ गते – पोर्चुगल र स,              समय : रातको ८ः४५ बजे 
असार ७ गते – न्युजिल्यान्ड र क्सिको,  समय : रातको ११ः४५ बजे
असार १० गते – पोर्चुगल र जिल्यान्ड,  समय : रातको ८ः४५ बजे 
असार १० गते – रुस र  मेक्सिको,           समयः  रातको ८ : ४५ बजे 

समूह बी को खेल तालिका नेपाली समयअनुसार

असार ४ गते –  चिली र  क्यामरुन,   समय : रातको ११ः४५ बजे
असार ५ गते –  जर्मनी र  अष्ट्रेलिया,   समय : रातको ८ः४५ बजे
असार ८ गते – अष्ट्रेलिया र मरुन, समय : रातको ८ः४५ बजे
असार ८ गते – जर्मनी र  चिली,        समयः रातको ११ः४५ बजे 
असार ११ गते – क्यामरुन र र्मनी,  समय : रातको ८ः४५ बजे
असार ११ गते – चिली र  अष्ट्रेलिया,   समय : रातको ८ः४५ बजे

सेमीफाइनल खेलहरु असार  १४ र १५ गते हुनेछ भने उपाधि भिडन्त असार १८ गते हुने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved