नयाँ फिफा बरियता नेपाल तल झर्यो, भारत इतिहास कै उच्च स्थानमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 06, 2017 | 02:50:43 PM मा प्रकाशित

laxmi  sunrise bank

बिश्व फुटबलको सर्बोच्च निकाय फिफाले सन् २०१७ को  जुलाई महिनाको फिफा बरियता सार्बजनिक गरेको छ । बिहिबार सार्बजनिक भएको जुलाई महिनाको नयाँ बरियतामा नेपाल १  स्थान तल झर्दै  १ सय ७० औ स्थानमा पुगेको छ । एक महिनाको अवधिमा नेपालले १  अंक कमाएको छ । जुन  २०१७ को बरियतामा नेपालको अंक ११६ रहेकोमा जुलाई महिनामा अंक बढेर ११७  पुगेको छ।

  फिफाले आज सार्बजनिक गरेको नयाँ बरियता अनुसार दक्षिण एसियामा सबै भन्दा माथि भारत ९६ औ स्थानमा छ । माल्दिभ्स १४२  औ, अफगानिस्तान १५५  औ , भुटान १६४ औ स्थानमा छ । नेपाल भन्दा पछि बंगलादेश १९०  औ, श्रीलंका १९७ औ र पाकिस्तान २०० औ स्थानमा छ ।

बिश्व बरियतामा भने ब्राजिललाई दोस्रो स्थानमा धकेल्दै जर्मनी शिर्ष स्थानमा उक्लिएको छ  ।  त्यस्तै तेस्रोमा  अर्जेन्टिना ,  चौथोमा पोर्चुगल र पाचौमा स्विजरल्याण्ड  छन् । पोल्याण्ड , चिली, कोलम्बिया, फ्रान्स , बेल्जियम क्रमश छैठौ, सातौ, आठौ , नवौ र दशौ स्थानमा छन् ।

पुरा बरियता हेर्न यहाँ क्लिक गर्नु होला । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved