खेल सुरु भएको ७ मिनेटमा नै नेपालले खायो पहिलो गोल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 15, 2017 | 08:23:07 PM मा प्रकाशित

laxmi  sunrise bank

अपडेट :

खेल सुरु भएको पहिलो ७ मिनेटमा नै युएईले नेपाल बिरुद्द गोल गरेको छ। युएईले पेनाल्टीमार्फत गोल गरेको हो। 

नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) बीचको खेल सुरु भएको छ। युएईको ताहनोन मोहम्मद रंगशालामा नेपाली समय ८ बजेर १० मिनेटमा खेल सुरु भएको हो।      

विमल घर्तीमगरको कप्तानीमा नेपाली युवा टोली युएईविरुद्ध एएफसी युथ–२३ फुटबल प्रतियोगिताको पहिलो खेल खेल्न मैदानमा उत्रिएको हो। आगामी वर्ष चीनमा आयोजना हुने एएफसी युथ–२३ च्याम्पियनसिपको छनोटको रुपमा रहेको यस प्रतियोगितामा नेपाल समूह ‘डी’ मा छ।

नेपालको युवा टोली र युएईको युवा टोलीबीच यो नै पहिलो अन्तर्राष्ट्रिय खेल हो। तर, नेपाली राष्ट्रिय टोलीले सन् १९८४ मा एक पल्ट युएईसँग खेलिसकेको छ। ३३ वर्षअघि साउदी अरबको जिदाहमा  नेपाल र युएईबीच एसियन कप छनोटमा भिडन्त भएको थियो। त्यतिबेला नेपाल ११–० गोलले पराजित भएको थियो। २०१४ देखि सुरु भएको एएफसी युथ–२३ च्याम्पियनसिपअन्तर्गत हालसम्म २ वटा संस्करण समाप्त भइसकेको छ। जसमा दुवै पल्ट छनोट भएर युएई क्वाटरफाइनल पुगेको थियो।

नेपाली युवा टोलीका प्रशिक्षक राजुकाजी शाक्य पनि युएईलाई कडा प्रतिद्वन्दी मान्छन्। उनले धेरै अर्थमा आजको खेलले हाम्रो प्रतियोगितामा टिक्ने सम्भावना उजागर गर्ने बताए। 

आयोजक भएको हुनाले युएईले राम्रै तयारी गरेको छ। नेपाली टिम बंगलादेशविरुद्ध यसै साता ललितपुरको एन्फा कम्प्लेक्समा आयोजना भएको मैत्रीपूर्ण खेल खेलेर प्रतियोगितामा भाग लिन गएको छ। मैत्रीपूर्ण खेल १–० ले जिते पनि नेपालको खेलमा थुप्रै त्रुटी देखिएको थियो।

अहिले प्रशिक्षक शाक्य त्यही त्रुटी सच्याउन लागेका छन्। उनले आफूहरुले आक्रामक खेलभन्दा पनि संयमित भएर खेल्ने स्पष्ट पारे।‘हामी पहिले आफ्नो गोलपोस्ट सुरक्षित गरेर मात्र आक्रमणमा उत्रिन्छौ,’ उनले भने। बंगलादेशविरुद्धको खेलमा केही नेपाली खेलाडीको फिटनेश कमजोर देखिएको थियो। यस्तै मिडफिल्ड पनि कमजोर देखिन्थ्यो।

नेपालले आज बंगलादेशविरुद्ध उतारेकै टिम उतारेको छ। नेपालविरुद्ध छनोट खेलमा उत्रिँनुअघि युएईले ४ वटा मैत्रीपूर्ण खेल खेलेको छ। जसमा उसले बहराइनलाई ३–२ र ताजकिस्तानलाई २–१ ले पराजित गरेको थियो। साउदी अरबविरुद्ध २ वटा खेल १–१ र २–२ गोलको बराबरीमा रोकिएको थियो।

खेलको पत्यक्ष प्रशारण डीस होम सपोर्ट च्यानलमा हेर्न सकिनेछ भने युट्युबमा लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस 

नेपाली टोली

गोलकिपरः एलन न्यौपाने

डिफेन्डरः अनन्त तामाङ(उपकप्तान), दिनेश राजवंशी, गौरव बुढाथोकी, अमित तामाङ,

मिडफिल्डः हेमन गुरुङ, हेमन्त थापामगर, सुनिल वल, अञ्जन बिष्ट

फरवार्डः विमल घर्तीमगर (कप्तान)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved